एकिकृत बस्ती बनिसक्याे, विपन्नले अझै पाएनन्

गलकाेट, रासस ।
बागलुङको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारका लागि एकीकृत बस्ती निर्माण गरिएको छ ।
२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पु¥याएको बस्तीको पुनःनिर्माण गरिए पनि आर्थिक वर्ष २०७७÷७८ मै भूकम्पपीडितले पाउनुपर्ने घर पीडितले अहिलेसम्म पाएका छैनन् ।
विसं २०७५ वैशाखमा भूकम्पपीडितका लागि एकीकृत बस्ती निर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले संयुक्त लालपूर्जा वितरण गरेको थियो । जग्गा खरिदका लागि प्रतिपीडित परिवार रु दुई लाख रकमसमेत दिइएको थियो । घर बनेको छ महिना पुग्दासमेत घरमा सर्न नपाएको चिन्ते दमाइले जानकारीदिनुभयो ।
विसं २०७२ को भूकम्पले कमजोर बनाएको घर ०७५ सालको वर्षाका कारण बस्न नमिल्ने अवस्था पुगेको थियो । घर चर्किएर विस्थापित भए पछि चार वर्षसम्म धेरै दुःखले बसेको उहाँको गुनासो छ ।
वैशाखमा नयाँ घर पाउने भनिए तापनि अहिलेसम्म घर दिने केही कुरा नभएको उहाँको भनाइ छ । शिवधुरी एकीकृत नमूना बस्ती निर्माण समितिका अध्यक्ष सुस्मिता दर्जीले समयमा किस्ता नपाएको कारणले अहिले केही काम ढिलाइ भएको र त्यही विषयले समस्या पैदा भएको बताउनुभयो । बागलुङको एकीकृत बस्तीका लागि आएको रकम लमजुङ पठाएकै कारणले अहिलेसम्म बस्ती निमार्ण सम्पन्न नभएको उहाँको भनाइ छ ।
बस्तीमा आउने बाटो, सभाहल र वालका लागि रु ४० लाख बजेट आउने भनेर काम गरे तापनि अहिलेसम्म रु सात लाख मात्रै आएकाले त्यस बराबरको काम मात्र सम्पन्न भएको उहाँ बताउनुहुन्छ । घर निर्माण भए पनि हस्तान्तरण नहुँदा स्थानीयले समस्या झेलिरहेको उहाँको भनाइ छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख रेणुकाकुमारी पाण्डेले भूकम्पले विस्थापित भएका काउलेका भूकम्पपीडितको घर निर्माण गरिसकेको जानकारी दिनुभयो । भवन निर्माण सम्पन्न भए पनि एकीकृत बस्तीको तेस्रो किस्ता रोकिएका कारण भूकम्पपीडितलाई घर हस्तान्तरण गर्न नमिलेको उहाँको भनाइ छ ।
समितिलाई समयमा काम सम्पन्न गर्न पटक–पटक भनिए तापनि बस्तीमा शौचालय निर्माण नगरिएका कारण किस्ता रोकिएको र बस्ती हस्तान्तरणमा ढिलाइ भएको प्रमुख पाण्डे बताउनुहुन्छ । उहाँका अनुसार असार मसान्तभन्दा पहिला काम सकेको भए सबै रकम बुझाएर बस्ती पनि हस्तान्तरण भई सक्ने थियो ।
आव ०७७÷०७८ मा एकीकृत बस्ती निर्माणको लागि आएको रकम काम समयमा सम्पन्न नभएर फिर्ता भइसकेको र राष्ट्रिय पुनःनिर्माणको असार मसान्त पछि काम सकिने भएका कारण अहिलेका अवस्थामा तेस्रो किस्ता मन्त्रालयबाटै नआएको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म केन्द्रबाट बिहँु काउलेको एकीकृत बस्तीलाई कसले हस्तान्तरण गर्ने भनेर माथिबाट पत्र नआएका कारण बस्ती हस्तान्तरण गर्न नमिलेको उहाँको भनाइ छ ।
अहिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ आफैँ अन्यौलमा छ । मन्त्रालयबाट पत्र आएको खण्डमा यही भदौभित्र नै जिल्लाको पुनःनिर्माण कार्यलय बन्द हुनेछ । यसकारणले आफू स्वयं गएर पटक÷पटक एकीकृत बस्ती निर्माण समितिलाई असार मसान्तभित्र काम सकेमा सबै रकम भुक्तान गर्न सकिने भनेर जानकारी गराए पनि ढिलासुस्तीले अहिले एकीकृत बस्ती हस्तान्तरण गर्न नसकिएको प्रमुख पाण्डेको भनाइ छ ।
बस्तीभित्र बाटो निर्माण, सार्वजनिक शौचालय, सार्वजनिक बैठक हल बनाउने भनेर रु ४० लाख बजेट आएको थियो ।समितिले समयमा काम नगरेका कारणले अघिल्लो वर्षको बजेट सबै फ्रिज भएको बताइएको छ ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया