अत्याधिक वर्षाले काठमाडाैं जलमग्न

समाधान संवाददाता २०७८ भदौ २१ गते ८:१९

समाधान संवाददाता, काठमाडाैं ।

Advertisement

गएराति परेको अत्याधिक वर्षाले काठमाडाैं जगमग्न भएकाे छ । शहरमा बाढी आएको छ । बाढीले शंखमुल पार्क लगायतका क्षेत्र डुबानमा परेका छन् । वागमति लगाएतका खोला किनारका बस्ती पनि डुबानमा परेका छन् ।

बागमती र धोबिखोला आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा बिद्युत सेवासमेत अबरुद्ध भएको छ । बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने बाढी पूर्वसूचना केन्द्रले जनाएको छ । केन्द्रले भनेको छ, ‘उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्दो हुने, केही साना नदी–नालाको पानी सडक किनारसम्म आउन सक्छ, किनारको सडक भई यात्रा गर्दा सतर्कता अपनाऔं ।’

Advertisement

तपाईको प्रतिक्रिया