मुस्ताङ ः सरकार फेरियो,योजना काटिए

समाधान संवाददाता २०७८ भदौ २१ गते ११:४६

समाधान सम्वाददाता
जोमसोम—गण्डकी प्रदेशको पूर्ववर्ती सरकारले गरेका मुस्ताङका एक दर्जन विकास आयोजना सरकार परिवर्तनपछि प्रभावित बनेको छ । प्रदेश अन्तर्गत उपल्लो मुस्ताङको ६ वटा र तल्लो मुस्ताङको ५ वटा गरी करिव ११ वटा विकास आयोजनाको काम प्रदेश सरकारले कटौती गरेको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका रिङरोड सडक जोड्ने महत्वपूर्ण दुई वटा पक्की मोटरेबल पुलको योजना गत आर्थिक वर्ष प्रदेश सरकारले रातो किताबमा समावेश गरेको थियो । चालु आर्थिक वर्ष भने बर्तमान सरकारले त्यसलाई कटौती गरेको सांसद महेन्द्रबहादुर थकालीले जानकारी दिए ।

Advertisement

घरपझोङ रिङरोड सडक जोड्ने ठिनी र ढुम्बा खोलामा सर्बे तथा डिपिआर अन्तिम चरणमा पुगिसकेको छ । गण्डकी प्रदेशको पूर्वाधार निर्देशानालयले परामर्श दाता छनौट गरी पुलको डिपिआर बनाउने काम समेत अन्तिम चरणमा पू¥याईएको प्रदेश सांसद थकालीको भनाई छ ।

प्रदेशले गत आर्थिक वर्षमा ठेक्का सम्झौता भई दायित्व सृजना भएको जोमसोम—ठिनी हुँदै नमुखुलेक जोड्ने सडकलाई कार्यक्रम समावेश गरेको छैन । उक्त सडकको दायित्व सृजना भई १५ लाख रुपैया भुक्तानी दिन बाँकी छ ।

वारागुङ मुक्तिक्षेत्रको कागबेनी— झोङ सडक , थासाङ गापाको लेते डाँडा हँुदै कुञ्जो,टिटी,कोवाङ सडक आयोजना चालु वर्ष प्रदेशको कार्यक्रममा समावेश हुन सकेन ।यस्तै,लेते—कुञ्जो ,टिटी ताल सडक स्तरोन्नति गर्ने योजना समेत चालु वर्षको योजनामा समावेश हुन नसकेको प्रदेश सांसद महेन्दबहादुर थकालीले उल्लेख गरे ।

यस्तै गत वर्ष नियमित रुपमा आउने योजनाहरु मध्ये चालु वर्ष उपल्लो मुस्ताङका विभिन्न विकास योजनामा कटौती भएको प्रदेश सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए ।सांसद बिष्टका अनुसार लोघेकर दामोदरकुण्ड गापाको ढाक्मरदेखि घार गुम्बा हँुदै मराङ जोड्ने सडक गत बर्ष ५० लाख बिनियोजन भएको भएपनि चालु वर्ष कार्यक्रममा समावेश हुन सकेन ।

Advertisement

लोमान्थाङको न्यानोल खोलाबाट भार्चा गर्फु हुँदै नेचुङ भन्सार सडक,लोघकेर गापाकै ध्ये—ताङ्वे सडक प्रदेशको योजनामा समावेश नभएको सांसद बिष्टले उल्लेख गरे ।
यस्तै,सोही पालिकाको खेताङे सडक पुल कार्यक्रमबाटै हटाईएको छ ।उक्त पुलको डिपिआरसहित प्रारम्भिक चरणको काम सम्पन्न भईसकेको जनाईएको छ ।

उपल्लो मुस्ताङको चराङ खोलादेखि दामोदरकुण्ड जोड्ने सडक अघिल्लो वर्ष काम सम्पन्न हुन नसकेर दायित्व सृजना भई अधुरो रहेको कामको ७ लाख ९१ हजार रुपैया भुक्तानी हुन बाँकी छ ।चालु वर्ष दामोदरकुण्ड जोड्ने पुलको लागि बजेट बिनियोजन नभएको सांसद बिष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया