कांग्रेस पोखरा महानगर सभापतिमा बास्तोलाको उम्मेद्वारी घोषणा, आकांक्षी ५ पुगे

समाधान संवाददाता
पोखरा-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पोखरा महानगरपालिकाको नगर समितिको सभापतिमा मोहनप्रसाद बास्तोले उम्मेद्वारी घोषणा गरेका छन् । महानगरपालिका ११ का वडा अध्यक्ष समेत रहेका बास्तोलाले सोमबार पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषण गरेका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आउँदो भदौ २७ गते नगर अधिवेशन हुँदै छ ।
पत्रकार सम्मेलनमा बोल्दै बास्तोलाले नेपाली कांग्रेसको प्रजातन्त्रीको अन्दोलनलाई थप सशक्त रुपमा अगाडि बढाउन आफ्नो उमेदवारी रहेको बताए । भने, ‘गाउँगाउँमाबाट कांग्रेसको सहभागिता बढाउँछु ।’
आउँदो चुनावमा नेपाली कांग्रेलाई वडा अध्यक्षदेखि मेयरसम्म जिताउन आफ्नो उम्मेदवारी रहेको उनले बताए । वडा अध्यक्ष भइसकेपछि आफूले वडामा धेरै राम्रा काम गरेको उनी बताउँछन् । वडामा आफूले पार्क निर्माणदेखि महामारीको समयमा धेरै राम्रो काम गरेको साथै आगामी दिनहरुमा पनि जनताको जीवनस्तरमा सुधार गर्न आफ्ना उम्मेदवारी दिने उनको दाबी छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै उम्मेद्वारी घोषणा संख्या बढ्दो छ । हाल सम्म पत्रकार सम्मेलन मार्फत बास्तोलाले मात्र गरेका छन् भने अन्यले अन्य माध्यमहरु सामाजिक सञ्जाल साथै फेस्बुकबाट पनि उम्मेदवारी घोषण गरेका छन् । यो संख्या बढ्दो छ । अहिलेसम्म गंगाधार पराजुली, सुरेन्द्र बिजुक्छे , मिलनप्रसाद तिवारी, मोहन बास्तोला र रामराज लामिछानेले गरी ५ जनाले नगर सभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया