कांग्रेसको पोखरा महानगर समिति सचिवमा थापाको उम्मेदवारी

नियम, अभ्यास र विधि स्थापनाका लागि ‘प्रक्रिया’मा जोड
समाधान संवाददाता, पोखरा
नेपाली कांग्रेसको पोखरा महानगरपालिका समितिको सचिवमा गणेशबहादुर थापाले उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिकाहरुका २७ भदौमा अधिवेशन हुँदैछ । अधिवेशनले पालिका समितिहरुको नयाँ कार्यसमिति चयन गर्नेछ ।
पोखरा ३२ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित थापा विद्यालय जीवनदेखि नेपाल विद्यार्थी संघमा सक्रिय हुँदै राजनीतिमा थिए । उनले काठमाडौंको शंकरदेव र त्रिचन्द्र कलेजमा नेपाल विद्यार्थी संघका इकाईमा सदस्य रही सक्रिय भूमिका निर्वाह गरेका थिए ।
२०७० र ७४ सालको आम निर्वाचनमा कास्की क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारको सचिवालयमा रही निर्वाचन परिचालनमा थापा खटिएका थिए । आउँदा स्थानीय र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पोखरा र कास्कीमा कांग्रेस उम्मेदवारलाई जिताउने गरी कांग्रेसलाई चुस्तदुरुस्त बनाउन आफूले महानगरपालिकाको पदाधिकारीमा जानुपर्ने आवश्यकता देखेको थापा बताउँछन् ।
‘गएको निर्वाचनमा पोखरा महानगरपालिकाको नेतृत्वमा नेपाली कांग्रेस जान नसक्दा हामी सम्पूर्ण महानगरबासीले ठूलो घाटा व्यहोर्नुपरेको छ,’ थापाले भने, ‘अबको निर्वाचनमा कांग्रेसका उम्मेदवारले जित्ने गरी हाम्रो संगठनलाई बलियो बनाउनुपर्नेछ, र तलतलका जनतासँग कांग्रेसलाई जोड्नुपर्ने छ ।’
पोखरा महानगरपालिकामा कांग्रेसका उम्मेदवारलाई जिताएर पोखरालाई डिजिटल युगमा लैजानुपर्ने थापा बताउँछन् । ‘नागरिकहरुको सेवा गर्नुपर्ने निकायहरुको सेवा र सुविधामा आमूल परिवर्तन गर्न डिजिटल प्रणाली लागु गर्नुपर्छ,’ उनले भने, ‘अब कार्यालयमा धाएर सेवा लिनेभन्दा पनि घरबाटै लिनसक्ने प्रविधि लागु हुनुपर्छ ।’ कर तिर्न जाँदा सास्ती होइन सम्मान पाउने निकाय पोखरा महानगरपालिकालाई बनाउन पनि त्यहाँ कांग्रेसका उम्मेदवारले आउँदो चुनावमा जित्नै पर्ने उनको भनाइ छ । ‘जनप्रतिनिधिहरु भएका निकायहरुमा उच्चतम प्रणाली सुधारको थालनी गर्नुपर्छ । आजको युगमा पनि नियमित हुने कामहरु ठेक्का पट्टाले मात्र जनतालाई परिवर्तनको महसुस गराउन सकिँदैन,’ थापा भन्छन्, ‘आधारभूत तहबाटै प्रणाली सुधारमा भइरहेको अलमललाई चिर्न अब ढिला गर्नु हुँदैन । मेरो उम्मेदवारी विधि स्थापनाकै लागि हो ।’
‘पोखरा अथाह सम्भावना भएको सहर हो,’ थापाले भने, ‘तर आज कांग्रेस महानगरको नेतृत्वमा नहुँदा पोखरा धेरै पछाडि पारिएको छ, कम्युनिस्टले महानगरको सम्भावनामाथि कुठाराघात गरेका छन् ।’
कर्पाेरेट अर्थात संस्थागत रुपमा पोखरालाई अगाडि बढाउनुपर्ने नारा दिँदै थापाले तीन पक्षलाई महत्वपूर्ण रुपमा उठान गरेका छन् । उनले ‘नियम’, ‘अभ्यास’ र विधि स्थापनाका लागि ‘प्रक्रिया’ मा जोड दिएका छन् । बिबिए र कानुनमा स्नातक गरेका थापा लेकसाइड बाराही चोकस्थित होटल स्नोल्यान्डका सञ्चालक हुन् ।









अन्नपूर्णका विद्यार्थीलाई प्राथमिक उपचार तालिम, आयुष विक प्रथम
राजनीतिक सन्देशसहितको ‘बल्क एसएमएस’ एनसेलका ग्राहकलाई नपठाएको कम्पनीको स्पष्टीकरण
निर्वाचन आउन ४९ दिन बाँकी : सुरक्षा गोष्ठी सम्पन्न, अति संवेदनशील मतदानस्थल ३ हजार ६ सय
कांग्रेस विशेष महाधिवेशन : गगन थापा सभापतिमा निर्विरोध, विश्वप्रकाश र पुष्पा उपसभापति- सूचीसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया