पोखरा नगर उपसभापतिमा बरालको उम्मेद्वारी घोषणा

समाधान संवाददाता २०७८ भदौ २३ गते १५:५८

समाधान संवाददाता
पोखरा-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पोखरा महानगरपालिकाको नगर समितिको उपसभापतिमा भवसागर बराल उम्मेद्वारी घोषणा गरेका छन् ।

Advertisement

महानगरपालिका १३ औं महाधिवेशनमा महानगरसमितिको सदस्य समेत रहेका बराले उपसभापतिमा उमेद्धारी दिएका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउँदो भदौ २७ गते नगर अधिवेशन हुँदै छ ।


विगत ३ दशक देखि राजनीतिक गर्दै आइरहेका उनले समाज रुपान्तरणमा आफ्नो सम्पुर्ण समय समर्पित गरेको बताए । नजिकिएको अधिवेशनमा आफुलाई जिताउन क्षेत्रीय प्रतिनिधिहरुलाई अनुरोध गरेका छन् ।


नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै उम्मेद्वारी घोषणा संख्या बढ्दो छ । हाल सम्म पत्रकार सम्मेलन मार्फत सभापतिमा ६ जनाले आफ्नो उमेद्धारी दिएका छन् भने उपसभापतिमा बराले आफ्नो उमेद्धारी घोषण गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया