कांग्रेस पोखरा समिति सचिवमा बास्तोलाको उम्मेदवारी

समाधान संवाददाता, पोखरा
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पोखरा महानगर समितिका सचिवमा टुवराज बास्तोलाले उम्मेदवारी घोषणा गरेका छन् । २७ भदौमा महानगर समितिको अधिवेशन हुँदैछ ।
बैंकिङ क्षेत्रबाट अवकास लिएका बास्तोलाले राजनीतिमा लोकतान्त्रिक मूल्य र मान्यता स्थापना गर्न उम्मेदवारी दिने उल्लेख गरेका छन् । कांग्रेसको विधानले महानगर समितिमा १ सभापति, २ उपसभापति र २ सचिव हुने व्यवस्था गरेको छ ।
‘कांग्रेस हुँ भनेर समाजमा शिर ठाडो पारेर हिँड्ने वातावरणको सिर्जना गरिनुपर्ने बास्तोलाले बताएका छन् । कांग्रेसमा पनि रुपान्तरण हुन अति आवश्यक रहेको उनल ठह¥याएका छन् । गुट उपगुट निर्मुल पारिनुपर्नेमा उनको जोड छ ।
‘स्थानीय स्तरदेखि केन्द्र स्तरसम्म जोश र होस् अनि जाँगर भएको, सदाचारी र कर्मठ, निष्ठावान कार्यकर्ता जनताको नवीन शक्तिको रूपमा रूपान्तरीत भई कार्यगत एकतालाई आत्मसात गरी अगाडि बढ्न सकिएन भने आगामी निर्वाचनको परिणाम गत निर्वाचनको परिणामभन्दा पनि तलै झर्न सक्ने छ भन्ने मेरो आँकलन हो,’ बास्तोलाले भनेका छन्, ‘पार्टीको विधान, निर्देशन र कार्यक्रमहरूमा आफूलाई पूर्ण रूपमा समर्पणभावमा लिप्त गराई पूर्णकालीन कार्यकर्ता भई जनताका भावनाहरूको कदर गर्दै यो पार्टीलाई हाम्रो र राम्रो बनाउँदै अन्तरपार्टी प्रतिस्पर्धामा पार्टी र उम्मेदवारलाई विजयी गराउन यसमा सबैले हेक्का राखौं र दत्तचित्त भएर लागौं ।’
कांग्रेसको मूल आदर्श र सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई अंगीकार गरी पार्टी संगठनलाई अझ मजबुद, व्यवस्थित अनि दरिलो बनाउने तर्फ लागि पर्ने प्रण बास्तोलाले गरेका छन् । ‘नेपाल र नेपालीको हितका लागि सच्चा आस्थाको राजनीति गर्ने हो भने कांग्रेस पनि रुपान्तरण हुन अति आवश्यक छ भन्ने मेरो मान्यता हो,’ बास्तोलाले भनेका छन् ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया