पोखरा आयो डिसहोमको फाइबरनेट

पोखरा- डिसहोमले पोखरामा डिसहोम फाइबरनेटको पु¥याएको छ । पोखरामा आयोजित एक कार्यक्रमबाट फाइबरनेट प्रारम्भ गर्दै कम्पनीले कास्कीका विभिन्न ठाउँमा इन्टरनेट विस्तार हुने जानकारी दिएको छ ।
नयाँबजारस्थित भट्टराई एन्ड ब्रदर्स सप्लायर्स प्रालिमा आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले फाइबरनेट सेवाको उदघाटन गरे । डिसहोमको फाइबरनेट जोड्दा प्रयोगकर्ताले आईपी टिभी, डिसहोम गोको मोबाइल एप र वेब साथै एक्सभिओडी सेवा निःशुल्क रुपमा प्रयोग गर्न पाउनेछन् ।
सस्तो सर्वसुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुविधासहित बुधबारदेखि जडान सुरू गरिएको कम्पनीले जनाएको छ । ग्राहकको रोजाइअनुसार कम्पनीले १० एमबीपीएसदेखि १०० एमबीपीएससम्मको प्याकेज उपलब्ध गराउनेछ । सहरी क्षेत्रमा सुरु गरेको डिसहोम फाइबरनेट आफ्नो सेवालाई ग्रामीण क्षेत्रका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने डिसहोमका एरिया सेल्स म्यानेजर प्रदीप सुवेदीले जानकारी दिए ।
भट्टराई एन्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिकामोहन भट्टराईले डिसहोम फाइबर नेटको औचित्य बारे प्रष्ट पारे । डिसहोम फाइबर नेट१० एमबिपिसदेखि १०० एमबिपिससम्मको प्याकेज उपलब्ध छ। उदघाटन कार्यक्रम अधिवक्ता हरिप्रसाद पण्डितले सञ्चालन गरेका थिए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया