प्रदेश महाधिवेशन प्रतिनिधिमा कास्की `ख´ बाट सागर रानाभाटको उम्मेदवारी

मादी- अग्रजलाई सम्मान युवाहरूलाई अवसर र प्रोत्साहन भन्ने उदेश्यका साथ कास्की क्षेत्र नं १ ‘ख’बाट युवा नेता सागर रानाभाटले प्रदेश महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।
बिपिको चिन्तन र जिवनी बाट प्रभावित रानाभाटले नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीति शुरु गरेका थिए। नेविसंघका क्षेत्र नं १ का सभापति रहेका उनी प्रदेश महाधिवेशन प्रतिनिधिमा कामको मुल्यांकन गरेर क्षेत्रीय प्रतिनिधिहरु, ईकाई सभापतिहरु तथा शुभेच्छुकहरुलाई आफुलाई जिताउन अपिल समेत गरेका छन्।
२०७४ को निर्वाचनमा मादी गाउँ पालिका बाट विभिन्न संगठन हरु संग सहकार्य गर्दै पार्टीलाई योगदान दिन सफल रहेका रानाभाट एक कुशल, सक्षम र बैचारिक विद्यार्थी नेतामा गनिने गर्छन् ।
तत्कालीन ओलि सरकारका विरुद्ध क्षेत्र नं १ कास्की बाट अग्र मोर्चामा रहेर आन्दोलन गर्दै आएका उनले अब युवा हरु राजनीतिमा आउनुपर्छ र युवाहरुलाई प्रोत्साहन गर्नुपर्छ भनेर १४ औं महाधिवेशनमा उम्मेदवारी प्रस्तुत गरेको बताएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन तालिकाको पछिल्लो सुचना अनुसार प्रदेश सभा तथा क्षेत्रीय अधिवेशन यहि असोज १२ गते हुँदैछ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया