चर्चित कम्युनिष्ट नेता गाेञ्जालाेकाे निधन

समाधान संवाददाता २०७८ भदौ २७ गते ७:३४

एजेन्सी ।

नेपालमा गाेञ्जालाे भनेर चिनिने पेरुका माओवादी नेता अबिमाइल गुज्मनको निधन भएको छ । उनी पेरुको क्रान्तिकारी गुरिल्ला समूह शाइनिङ्ग पाथका संस्थापक एवं सर्बाेच्च नेता हुन् ।

दर्शनशास्त्रका पूर्वप्राध्यापक समेत रहेका गुज्मनको ८६ वर्षको उमेरमा निधन भएको हो । उनले सन् १९९२ देखि आतंकवाद र देशद्रोहको अभियोगमा आजीवन काराबास भोगिरहेका थिए ।

Advertisement

गएको जुलाईमा उनलाई स्वास्थ्य समस्या देखिएको थियो । त्यसपछि उनलाई उच्च सुरक्षाको जेलबाट अस्पताल लगिएको थियो ।

पेरुमा एक दशक भन्दा लामो समय माओवादी गुरिल्ला समूह र पेरुको सुरक्षाकर्मीबिच चलेको युद्धको क्रममा झण्डै ७० हजार मानिस मारिएको वा बेपत्ता भएका थिए ।

Advertisement

गुज्मन पक्राउ परेपछि शाइनिङ्ग पाथलाई गम्भीर धक्का लागेको थियो । तर अझै पनि सो समूहका केही सदस्यहरु सक्रिय छन् । गज्मनको जन्म पेरुको दक्षिणी तटीय क्षेत्रमा रहेको मोलेन्दो बजार नजिकै सन् १९३४ को डिसेम्बरमा भएको थियो ।

आमाको निधन भएपछि उनलाई एक धनी व्यक्तिले हुर्काएका थिए । हुर्किने क्रममा उनले सबै सुविधा पाएका थिए । विश्वविद्यालयमा रहँदा उनी मार्क्सको सिद्धान्तमा आकर्षित भए । सन् १९६२ उनी स्थानीय विश्वविद्यालयमा दर्शनशास्त्रको प्राध्यापक बने ।

सन् १९६५ को चीन भ्रमणको क्रममा कम्युनिष्ट नेता माओबाट उनी प्रभावित भए । सन् १९६९ मा अरु ११ जनासँग मिलेर उनले शाइनिङ्ग पाथको स्थापना गरेका थिए ।

तपाईको प्रतिक्रिया