पुवा संघ पोखरा ३३ मा प्रतेल

समाधान संवाददाता २०७८ भदौ २७ गते १४:२१

पोखरा- (समाधान)–युवा संघ नेपाल पोखरा ३३ को भेलाले शिवराज प्रतेलको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ ।


कार्यक्रममा युवा संघ नेपालका उपाध्यक्ष तथा पार्टी जिल्ला कमिटी उपसचिव पूर्ण लामा, संघ कास्की इन्चार्ज अशोक केसी, जिल्ला अध्यक्ष असीम गुरुङ, पार्टी नेताहरु मनोहर आचार्य, टुकराज भण्डारी, खेमराज आचार्य, धनेश्वर अधिकारी लगायतले कम्युनिस्ट आन्दोलनलाई जोगाउँदै समाजवादी व्यवस्था स्थापनाका निम्ति नयाँ शिराबाट राजनैतिक अभियान जरुरी भएको बताए ।

पार्टीका वडा प्रमोद आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया