बागलुङका चार तह कोरोनामुक्त

बागलुङ (रासस)—एक सातादेखि यहाँ कोरोनाका सक्रिय संक्रमित सय तलको अंकमा सीमित छन् । यही भदौ २० गते ९७ र २४ गते ९२ रहेकामा शनिबार त्यो संख्या अझ घटेर ८७ पुगेको छ । केही साताअघि सक्रिय संक्रमितको संख्या बढेर सात सय नाघेको थियो । संक्रमण घटाउन दुई सातासम्म जिल्लाभर कडा निषेधाज्ञा लगाइएको थियो ।
संक्रमण दर घट्दै गएपछि अहिले भने निषेधाज्ञा हटेको छ । स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले संक्रमण स्थिर देखिएको बताए । उनका अनुसार पछिल्लो समय परीक्षण पनि घटेको छ ।
ताराखोला, बडिगाड, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा संक्रमण शून्य छ । सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा ४९ जना छन् । जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा पुनः संक्रमण फैलनसक्ने चेतावनी चिकित्सकले दिँदै आएका छन् । संक्रमण घटे पनि ढुक्क भएर बस्ने स्थिति नरहेको धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए ।
स्वास्थ्य सुरक्षा सावधानी अपनाउने कुरामा हरेक व्यक्ति स्वयं सचेत र जिम्मेवार बन्नुपर्छ’, उनले भने, ‘संक्रमणस्थिर भएसँगै अस्पतालमा कोरोनाका बिरामी पनि घटेका छन्, धवलागिरि अस्पतालको आइसोलेशन कक्षमा जम्मा चारजना संक्रमित उपचाररत छन् । संक्रमण उच्च हुँदा दैनिक ३५÷४० जनासम्मलाई उक्त अस्पतालमा राखेर उपचार गर्नुपर्ने स्थिति थियो। अहिले अवस्था केही सहज छ । अस्पतालमा गम्भीर बिरामी पनि कम छन् । संक्रमितमध्ये ८० जना घरमै एकान्तबासमा छन् ।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया