मनाङेको मन्त्रालय सरुवा भए तनहुँका सिडिओ

पोखरा, २९ भदौ
तनहुँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सागर आचार्यको सरुवा गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा भएको छ । राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाउनकै लागि सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको थियो ।
मनाङे मन्त्री भएयता उनको मन्त्रालय पूरापुर हेर्ने गरी सचिवको व्यवस्था सरकारले गर्न सकेको थिएन । मंगलबार भने तनहुँका सिडिओ आचार्यलाई नेपाल सरकारले प्रदेशको युवा तथा खेलकुद मन्त्रालय सरुवा गरेको हो । सरकारले विपद् प्राधिकरणका सहसचिव विश्वप्रकाश अर्याललाई तनहुँ सरुवा गरेको छ ।
गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकालको संघीय वन तथा वातावरण मन्त्रालय सरुवा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकी सचिव इन्दु घिमिरेको संघीय सरकारको सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरेका छन् । देउवाले मंगलबार मन्त्री स्तरको निर्णयबाट सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया