५ महिना लामो निषेधाज्ञ हट्याे

पोखरा, ३० भदौ (समाधान)–जिल्ला प्रशासन कार्यलय कास्कीले ५ महिना लामो निषेधाज्ञा हटाएको छ । बुधबार प्रशासनले जारी गरेको आदेशमा सोज १ गते बिहान ७ बजेदेखि निषेधाज्ञा हट्ने उल्लेख छ ।
वैशाख १५ देखि कायम निषेधाज्ञा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी खोल्न आदेशमा भनिएको छ । आदेशमा विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायतका सबै शैक्षिक संस्थामा स्थानीय तहसँगको समन्वयमा भौतिक उपस्थितमा पठनपाठन कार्यक्रम सञ्चालन गर्न सकिने जनाइएको छ ।
भार क्षमताको आधा ग्राहक राखेर सञ्चालन भइरहेका होटेल तथा रेस्टुरेन्ट पूर्ण रुपमा खोल्न स्वीकृति दिइएको छ । उनीहरुले स्वास्थ्य मापदण्ड अपनाई बेलुका साढे ११ बजेसम्म खोल्न पाउनेछन् ।
यस्तै, रात्रिकालीन व्यवसायहरु नाचघर, क्लब, डान्सबार, दोहोरी स्वास्थ्य मापदण्ड पालना गरी राति साढे १ सम्म सञ्चालन गर्न सकिने आदेशमा जनाइएको छ । प्रशासनले संक्रमणको जोखिम पूर्णरुममा हटिनसकेको हुँदा स्वास्थ्य मापदण्डको पालना र आदेश कार्यान्वयनका लागि सबै जिल्लाबासीमा अनुरोध गरेको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया