लेखनाथ उद्योग वाणिज्य संघ चुनाव
युवालाई व्यवसायी बनाउन पहल गर्छुः उपेन्द्रराज सुवेदी

युवा व्यवसायी उपेन्द्रराज सुवेदी(राजु)ले उपमहसचिव भएर जिम्मेवारी बहन गरिसकेका छन् । अब महासचिव बन्न मतदाताले सुझाव, सल्लाह दिएकाले आफू उम्मेदवार बनेको उनी बताउँछन् । सुवेदीले उद्योगी, व्यवसायीका साझा समस्यालाई संघको माध्यमबाट केन्द्रीय तहसम्म पु¥याउन पहल गर्ने प्रतिवद्धता गरेका छन् । अबका युवालाई निर्वाहमुखीमात्र नभएर व्यवसायिक बनाउने उपाय संघले खोज्नुपर्ने उनी बताउँछन् ।
२ कार्यकाल कार्यसमिति सदस्य र १ कार्यकाल उपमहासचिव रहेका उनी साना व्यापारीदेखि ठूला उद्योगी सबैसँग सहकार्य गर्दै व्यवसायीका समस्या सुल्झाउन लाग्ने बताउँछन् । निर्माणाधीन कृषि उपज खरिद बिक्री केन्द्रलाई व्यवस्थित गर्दै किसानका उत्पादनलाई बजारीकरण गर्न सघाउने कार्ययोजना उनले सुनाए । लेखनाथलाई नयाँ पोखराका रुपमा परिचित गराउँदै यस क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन सबैको साथ, सहयोगमा काम गर्ने उनले प्रतिवद्धता गरेका छन् ।

भीमपाणि बराल
बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।







सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया