बेलघारी युवा सञ्जाल पुनर्गगठन

पोखरा- पोखरा १७ मा अवस्थित बेलघारी युवा सञ्जालले समिति पुनर्गठन गरेको छ । पोखरा छोरेपाटन १७ बेलघारी बहुउद्देश्यीय भवनमा शनिबार भएको भेलाले समिति पुनर्गठन गरेको हो ।
पुनर्गठित समितिको अध्यक्षमा कृष्णबहादुर खत्री, उपाध्यक्ष ओमसागर श्रेष्ठ, सचिव ओम अधिकारी, सहसचिव कृति थापा कोषाध्यक्ष सिजन राज महत छन् । सदस्यमा सञ्जीव गिरी कमला थापा, नवराज सुवेदी, विजय पराजुली, कृष्ण आले, समीक्षा राना, विशाल कोइराला, रजनी शाही र कृष्ण गिरी छन् ।
कार्यक्रमका प्रमुख अतिथि छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीले पढाइ र घर व्यवहार साथै समाजिक सेवामा लागि श्रमदानमा लाग्नुपर्ने विचार व्यक्त गरे । विशेष अतिथि नारी उत्थान दिदी बहिनी समूहकी अध्यक्ष सरिता घिमिरेले आफ्ना छोराछोरीलाई समाजिक सेवामा आबद्ध हुन सिकायौं भने आगामी दिनमा यिनैले देश विकासका लागि भूमिका खेल्न सक्ने बताइन् ।
त्यसैगरी आफ्ना भनाइ राख्दै डेभिड फल क्लबका महासचिव दीपक सुवेदीले युवाहरु विदेशिने भएकाले सञ्जालहरु ओझेलमा परेको बताए । बेलघारी टोल विकास संस्थाका अध्यक्ष वेदप्रसाद सुवेदीले युवाहरु हरेक कार्यक्रममा सहभागी हुनुपर्ने बताए । कोरोना कहरकै बीच सुरक्षाका मापदण्ड अपनाई सम्पन्न उक्त कार्यक्रममा भवनका संरक्षक धनबहादुर भुजेल, गोपाल अधिकारी, इन्द्र खत्री, नारी उत्थान दिदीबहिनी समूहका सचिव विमला भुजेल, शुभ थापा लगायत बेलघारीका युवाहरुको उपस्थिति थियो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया