राजनीति
माधव नेपाल पोखरामा, भोलि कार्यकर्ता भेला

पोखरा-नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल पोखरा आएका छन् । नेकपा एमाले विभाजन गरेर नेकपा एस गठन गरेका नेपाल नयाँ पार्टी खोलेपछि पहिलो पटक पोखरा आएका हुन् ।
नेकपा एस कास्कीले भोलि आइतबार आयोजना गरेको कास्की जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । संविधान दिवसको अवसरमा बिचार गोष्ठी एवं कार्यकर्ता भेला आयोजना गरिएको नेकपा एस कास्कीका अध्यक्ष धनराज आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार भोलि नै पार्टीको जिल्ला कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ । पोखराको सृजनाचोकमा पार्टी कार्यालय उद्घाटनपछि ११ बजेबाट कार्यकर्ता भेला सुरु हुुने र सो भेलालाई अध्यक्ष नेपालसहित केशवलाल श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
आज दिउँसो पोखरा विमानस्थलमा आएका नेपालालाई स्वागत गर्न सयौं नेता कार्यकर्ता एअरपोर्ट पुगेका थिए । उनलाई युवाहरुल स्कटिङ गरेर होटलसम्म लगेका थिए ।

अध्यक्ष नेपालले होटल मै अगुवा नेता तथा कार्यकर्तासँग छलफल गरेका छन् । पहिलो चरणमा केन्द्रीय सदस्य र गण्डकी प्रदेश कमिटीसंग छलफल गरेका नेपालले आजै कास्की जिल्ला कमिटी र महानगर कमिटीसँग छलफल गर्दैछन् ।








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया