
पोखरा, ५ असोज
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सत्ता गठबन्धनका कालो धनलाई सेतो बनाउन प्रतिस्थापन विधेयक ल्याएको आरोप लगाएका छन् ।

उनले त्यस्तो कार्यले आर्थिक सुशासनलाई चुनौती दिएको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल कास्कीले मंगलबार गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता बास्कोटाले केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई विस्थापित गरी नयाँ सत्ता गठबन्धनको लागि कालो धनको प्रयोग भएको संकेत गरे । उनले केही क्षेत्रमा लगानी गर्दा स्रोत देखाउन नपर्ने व्यवस्था ल्याएर कालो धनलाई सेतो बनाउने प्रयास भएका आरोप लगाए । ‘कालो धनलाई सेतो बनाउन कानुन संशोधन गर्नु पर्छ । यस्को तात्पर्य सीधा छ । सत्ताका गठबन्धनको कसैको अवैध पैसा छ,’नेता बास्कोटाले भने, ‘सत्ताका गठबन्धनको कालोधनलाई सेतो बनाउनुपर्यो?’ उनले सरकारी तवरबाट कालो धनलाई सेतो बनाउदा नेपाल कालो सुचीमा पर्न सक्ने संकेत गरे ।
उनले माओवादीको अर्थमन्त्री हुनासाथ अवैध धनको स्रोत देखाउन नपर्ने व्यवस्था गरिएको टिप्पणी गरे । ‘हामीले प्रश्न उठाउनुपर्ने भयो कि हिजो बैंक लुटेको पैसा कहाँ छ ?,‘उनले भने, ‘सशस्त्र द्वन्द्वकालमा किसानसित, कुखुरा र भैंसी व्यापारिसित पनि चन्दा उठाइयो । हिजो माष्टरले तलब बुझ्न पाएनन् । जसले तलब बुझ्छ, माओवादी पुगिहाल्थ्यो ।’ नेता बास्कोटाले केही मान्छेले अवैध ढंगले कमाएको अकुत सम्पत्तिलाई वैधानिककरण गर्न विधेयकको प्रतिस्थापन विधेयक ल्याएर आरोप लगाए । उनले सबैसँग चन्दा बटुलेर माओवादीका नेताले अकुत सम्पत्ति कमाएको आरोप समेत लगाए ।
फरक प्रंसगमा नेता बास्कोटाले लोेकतन्त्रको खिल्ली उडाएर र संविधानलाई बलत्कार गरेर वर्तमान सरकार बनेको उल्लेख गरे । उनले सरकार प्रति लक्षित गरी महाकथानक चलचित्रले ६७ दिन मनाएको र दर्शकको भिडले फिल्म चलेको प्रतिक्रिया दिए । उनले सरकारले १ हजार ४ सय १० बाटो घाटो बनाउन नपर्ने निर्णय गरेको बताए । उनले सतीदेवीको अंग पतन भए जस्तो वर्तमान सरकारको हालत हुने टिप्पणी गरे । नेता बास्कोटाले ‘लम्पसार’राष्ट्रवादको उत्कृष्ट नमुनाको रुपमा रहेको वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गरेर उधुम काम गरेको उल्लेख गरे । मिलेनियम च्यालेञ्च कर्पोरेशन (एमसीसी)को सम्झौता प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले गरेको उल्लेख गर्दै उनले संसदमा पेश गरेर अनुमोदन गराउने काम सत्ता पक्षको भएको बताए । माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई गिजोलेको र विदेश सितको सम्बन्धलाई मजाकको विषय बनाएको उनले उल्लेख गरे । उनले हरेक कुराको चुक्लीवाला कुटनीतिले सम्बन्ध सुधार नहुने बताए । उनले एमाले कुनै पनि देशसँग पुँजी र प्रविधि सहयोग लिने कुरामा प्रष्ट भएको चर्चा गरे ।
नेता बास्कोटाले पार्टी फुटेको नभएर एमालेले काँचुली फेरेको दाबी गरे । हरेक वसन्त ऋतुमा कोइली कराँउदा नयाँ पात पलाएजस्ता एमालेले काँचुली फेरेको उनले उल्लेख गरे । उनले माधव नेपालको पार्टीको अस्तित्व सितको जस्तो घाम नझुल्कदासम्मको मात्र भएको आरोप लगाए । चुनाव नहँुदासम्म लागि सो पार्टीको अस्तित्व रहने उल्लेख गर्दै उनले चुनावको अगिल्लो दिनसम्म गठबन्धन कायम रहने तर्क गरे । उनले चुनावमा कांग्रेसलाई सिट नपुगेर बागी विद्रोही हालेर जात्रा हुने भएकोले अरु पार्टीलाई छोड्न नसक्ने दाबी गरे ।
उनले न्यायालयले न्याय दिनु पर्नेमा एमाले प्रति पूर्वाग्रह साँधेको आरोप लगाए । सर्वोच्चले सांसद निश्कासन सम्बन्धि एउटै मुद्दामा ३ खालको निर्णय गरेको उल्लेख गर्दै उनले फैसला मानेपनि अदालतको सबै कामको निगरानीमा राख्ने बताए । पूर्व सञ्चार मन्त्री समेत रहेका बास्कोटाले मिडियाको सवलीकरण विना लोकतन्त्र सुदृढ नहुने बताए । उनले प्रेसको आर्थिक सवलीकरण, पत्रकारको वृत्ति विकास र पेशागत सुरक्षा नभए मर्यादा कायम हुन नसक्ने उल्लेख गरे । उनले मिडियाले प्रकासन र प्रशारण गरेको सामाग्री आफै पाठकको कठघरामा उभिएर परिक्षण गर्नु पर्ने बताए । संघीय कानुनसँग बाझिने गरी प्रदेशले कानुन बनाउन नपाउने उल्लेख गर्दै उनले गण्डकी प्रदेशका मिडिया विधेयक सैद्धान्तिक हिसाबले पास नहुने तर्क गरे । कार्यक्रममा प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरी, कार्य समितिका सदस्य कमल सुवेदीले बोलेका थिए ।

श्याम कुँवर
कुँवर समाधान दैनिकका वरिष्ठ उपसम्पादक हुन् ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया