दीपक आचार्य पक्राउ
समाधान संवाददाता
२०७८ असोज ५ गते १९:१५

पोखरा
पोखरा १७ महतगौंडा बस्ने ३८ वर्षे दीपक आचार्य अभद्र व्यवहार मुद्दामा पक्राउ परेका छन् । आफ्नै बाबुले बेचेको जग्गामा आफ्नो दाबी गर्दै दीपकले दुख दिएको भन्दै जग्गाधनीले दुखेसो पोख्दै आएका थिए । त्यस विषयमा परेको मुद्दामा उक्त जग्गामा दीपकको हकदाबी नपुग्ने फैसला अदालतले गरिसकेको छ ।
एकपछि अर्कोलाई बिक्री हुँदै आउँदा छैटौंपटकमा अहिले उक्त जग्गा शान्ति महतको नाममा आइपुगेको छ । हिजो २ जना गएर जग्गाको डिपिसी भत्काइएपछि दीपकविरुद्ध परेको उजुरीका आधारमा उनलाई मंगलबार पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

सम्बन्धित
तपाईको प्रतिक्रिया