मन्त्रिमण्डल विस्तार

नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

सपथ लगत्तै राष्ट्रसंघकाे महासभामा भाग लिन जाने

समाधान संवाददाता २०७८ असोज ६ गते ११:४६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त गरेका छन् ।

सत्तारुढ गठबन्धनका अन्य दलले मन्त्री बनाउनेहरुकाे नामावली दिन नसकेपछि मन्त्रिमण्डल बिस्तारमा ढिलाई भैरहेकाे छ । त्यसैले देउवाले आफू निकट नेता खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् ।

खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

Advertisement

समय निश्चित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनेछिन् । आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।

देउवाले सत्ता गठबन्धनका नेताहरुकै सहमतिमा खड्कालाई मन्त्री नियुक्त गरका हुन् । गठबन्धनकाे मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया