चोरिएका शालिग्रामसहित पक्राउ
समाधान संवाददाता
२०७५ फागुन २८ गते ८:०८

समाधान
मोदीवेणी धामस्थित नृसिंह मन्दिरबाट चोरिएका शालिग्रामसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । चोरीको आरोपमा कुश्मा ४ का कसम पुन, ६ का सुमन गुरुङ र १० का लेखबहादुर नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मुख्य आरोपित धादिङका अञ्जान बराइलीलाई भने प्रहरीले खोजिरहेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलन गर्दै बरामद शिला र पक्राउ परेकालाई सार्वजनिक गरेको हो । ऐतिहासिक महत्वका शालिग्राम फागुन ५ मा चोरी भएपछि खोजी तीव्र पारिएको पर्वत प्रहरी प्रमुख डिएसपी भुवनेश्वर तिवारीले बताए । प्रहरीले ३७ वटा शालिग्राम शिला बरामद भएको छ । ३ जनालाई चोरी मुद्दामा म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया