कांग्रेस पोखरा समिति निर्वाचनमा १३४४ मत खस्यो, मतगणना आजै ७ बजे

समाधान संवाददाता २०७८ असोज ९ गते १६:५७
सभापतिका ६ उम्मेदवार

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार पोखरा महानगर समिति चयनका लागि भएको मतदानमा १३ सय ४४ मत खसेको छ । महानगरपालिकाभित्र १३७० मतदाता थिए ।

बिहान साढे ९ बजे सुरु भएको मतदान साढे ४ बजे सकिएको हो । महानगर समितिको सभापतिका लागि ६ जना उम्मेदवार छन् ।

पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला, पत्रकार गंगाधर पराजुली, पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, नेता मिलन तिवारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे र पत्रकार ज्योति हमाल सभापतिका उम्मेदवार छन् । उपसभापतिमा ६ जनाको उमेद्धारी परेको थियो । उपसभापतिको उमेद्वार प्रयागराज भण्डारी, कृष्णप्रसाद अधिकारी, निर्दोषविक्रम पौडेल, भवसागर बराल, शिव केसी र राजेन्द्र बराल छन् ।

Advertisement

सचिवमा गणेशबहादुर थापा, टुवराज बास्तोला र सुरेन्द्रबाबु तिवारी उम्मेदवार छन् ।

Advertisement

तपाईको प्रतिक्रिया