पोखरा महानगर कांग्रेस सभापतिमा बिजुक्छे
६८ मतले गंगाधर पराजित, सचिवमा बाँस्ताेला र थापा

पाेखरा । नेपाली कांग्रेसको पोखरा महानगरपालिका सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । गंगाधर पराजुलीसहित ५ प्रतिस्पर्धीलाई हराउँदै उनी सभापति निर्वाचित भएका हुन् । बिझुक्छेले ४१४ मत ल्याउँदा गंगाधरले ३४६ मत पाए ।
उपसभापतिमा भवसागर बराल र प्रयागराज भण्डारी निर्वाचित भएका छन् । टुबराज बाँस्तोला र गणेशबहादुर थापा सचिवमा विजयी हुँदा संघर्ष कोइराला र सन्जय आले सहसचिवमा निर्वाचित भएका छन् । पोखरा महानगरको निर्वाचनमा कुल १३४४ मत खसेको थियो ।
मादी गाउँपालिकामा यामप्रकाश गुरुङ सभापति निर्वाचित भएका छन् । देवीजंग गुरुङलाई १ मतले हराउँदै यामप्रकाश निर्वाचित भएका हुन् । देवीले ९२ मत पाउँदा यामप्रकाशले ९३ मत पाएका हुन् ।
माछापुच्छ्रे गाउँपालिका समितिको सभापतिमा वीरेन्द्र गुरुङ निर्वाचित भएका छन् । मधुसूदन अधिकारीलाई १५ मतले हराउँदै वीरेन्द्र सभापति निर्वाचित भएका हेन् । उनले ९१ मत पाउँदा मधुसूदनले ७६ मत पाए ।
अन्नपूर्ण गाउँपालिकामा मनपति भण्डारी सभापतिमा सर्वसम्मत चुनिएका छन् । उनको नेतृत्वमा समितिका सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत निर्वाचित भएका हुन् । उपसभापतिमा गौमाया नेपाली र सुशील भट्टचन निर्वाचित भए ।
अन्नपूर्णमा झैं रुपा गाउँपालिकामा पनि सर्वसम्मत सभापति चयन गरिएको छ । बिमलबाबु न्यौपानेको नेतृत्वमा गाउँपालिका समिति निर्विरोध चयन भएको हो ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया