एक्याप मुस्ताङले गर्यो पर्यटकलाई स्वागत
मुस्ताङ सुरक्षित र खुल्ला रहेको सन्देश दिन पर्यटक स्वागत कार्यक्रम

जोमसोम— आज सेप्टेम्बर २७ तारिख अर्थात ४२ औं विश्व पर्यटन दिवस । अन्नपूर्ण सरक्षणक्षेत्रको एरिया भित्र पर्यटकीय गतिबिधि पूनः सुचारु गर्ने सन्देश प्रवाह गर्न अन्नपूर्ण सरक्षणक्षेत्र आयोजना ,ईलाका सरक्षण कार्यालय जोमसोमले सोमबार विश्व पर्यटन दिवसको अवसरमा पर्यटकलाई स्वागत कार्यक्रम आयोजना ग¥यो ।
अन्नपूर्ण सरक्षणक्षेत्र आयोजना – एक्यापले कोरोनाको दोश्रो भेरियन्ट साम्य हुदै गईरहेको र यहाँका अधिकाश नागरिकले कोभिड खोप लगाईसकेकाले मुस्ताङ सुरक्षित र खुल्ला रहेको सन्देश दिन पर्यटक स्वागत कार्यक्रम आयोजना गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख ऋषि बरालले जानकारी दिए ।उनका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै अन्नपूर्ण सरक्षणक्षेत्रको भ्रमण गर्न कुनै रोकतोक नहुने बताए ।
विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ बरालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पर्यटकलाई खोप कार्ड र कोरोना रिपोर्टको आधारमा मुस्ताङमा प्रबेश खुल्ला रहेको जानकारी दिए । प्रजिअ पौडेलले कोभिडले थला परेको पर्यटनक्षेत्रलाई चलायमान बनाउन प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर समेत आईतबारदेखि खुल्ला गरिएको बताए ।
सोमबार काठमान्डौंबाट तारा एअरलाईन्सको चार्टर उडान मार्फत जोमसोम आईपुगेका ११ जना फ्रान्सेली पर्यटक तथा ३ जना भारतीय पर्यटकलाई प्रजिअ पौडेलसहित एक्यापको टोलीले खादा,अविर र फुलले स्वागत गरेको हो ।एक्यापका अनुसार सोमबार हवाई सेवा मार्फत मुस्ताङ आएका ११ जना फ्रान्सेली पर्यटक उपल्लो मुस्ताङको भ्रमण गर्ने कार्यक्रम रहेको छ भने ३ जना भारतीयले मुक्तिनाथ दर्शन गरी फर्किने कार्यक्रम रहेको जनाएको छ । एक साता अघि मुस्ताङका आएका ५ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरिसकेको एक्यापले जनाएको छ ।
यस्तै,आईतबार मात्रै १० जना भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरेको एक्यापका पर्यटन सहायक राजन लामिछानेले जानकारी दिए ।उनका अनुसार सेप्टेम्बर २० देखि सेप्टेम्बर २७ तारिखसम्ममा सार्क र फरेनर गरी ३१ जना विदेशी पर्यटक मुस्ताङ आएका थिए । यस्तै, सेम्टेम्बर १९ तारिख देखि २७ सम्ममा पोखराबाट म्याग्दी हुँदै सवारी साधन मार्फत १६ जना भारतीय र ४० जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप चेक पोष्ट घासाका पर्यटन सहायक प्रेम बस्नेतले जानकारी दिए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा कलेजमा तालिम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया