जुनियरसँग पराजयकाे परिणाम
पाेखरा महानगर कांग्रेस दलकाे नेताबाट राजीनामा
राजीनामा पत्रमा राजीनामा दिनु पर्ने कुनै कारण उल्लेख गरेका छैनन्

पोखरा । पोखरा महानगरपालिकाकाे नेपाली कांग्रेस दलका नेता तथा सचेतक रामराज लामिछानेले साे जिम्मेवारीबाट राजीनामा गरेका छन् । कांग्रेसकाे १४ औं महाधिवेशन अन्तरगत पाेखरा महानगर समितिकाे सभापतिमा निर्बाचन लडेका लामिछाने पराजित भएका थिए ।
वडा नम्बर ९ का वडाध्यक्ष लामिछानेले सभापतिका प्रत्यासी सुरेन्द्रमान विजुक्छे र गंगाधर पराजुलीले भन्दा कम मत पाएका थिए । उनी वडा अध्यक्ष लड्ने बेलामा नेपाली कांग्रेस कास्कीकाे सचिव थिए । वडाध्यक्ष निर्बाचित भएकाे केही समयपछि कास्की कांग्रेसका सभापति कृष्ण केसीले उनलाई सचिवकाे जिम्मेवारीबाट हटाएका थिए ।
महानगरमा दलकाे नेता तथा सचेतक रहेका उनी आफू भन्दा जुनियर प्रत्यासीसँग पराजित भएपछि राजीनामा गरेकाे अनुमान गरिएकाे छ । यद्यपि उनले बुझाएकाे राजीनामा पत्रमा राजीनामा दिनु पर्ने कारण उल्लेख गरिएकाे छैन् ।
नेपाली कांग्रेस कास्कीका सभापतिलाई सम्बाेधन गरेर दिएकाे राजीनामामा पाेखरा महानगर पालिकालाई बाेधार्थ दिइएकाे छ ।
उनले सचेतकको रुपमा भूमिका निर्वाह गर्दादेखि सोमबारसम्म सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघ, संस्थालाई उनले धन्यवाद दिएका छन् ।
आफूलाई सो भूमिका निर्वाह गर्न अवसर प्रदान गर्न सहयोग गर्ने नेपाली कांग्रेस कास्की, नेपाली कांग्रेस पोखरा महानगर समिति, पोखरा महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष, वडा सदस्य लगायत महानगरवासीप्रति उनले आभार व्यक्त गरेका छन्।










पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
राजनीतिक सन्देश एसएमएस प्रकरणमा एनसेलको ध्यानाकर्षण
दराजमै थन्किन्छ सिफारिस
प्रोग्रेसिभ फाइनान्सको सभा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया