मुस्ताङ आईन् युरोपियन युनियन राजदुत नोना डिप्रेज
पश्मिना क्षेत्रमा युरोपियन युनियनको चासो


जोमसोम—नेपालका लागि युरोपियन युनियन राजदुत नोना डिप्रेज सोमबार पोखरा हुँदै हिमालपारीको जिल्ला मुस्ताङ आईपुगेकी छिन् ।उनीसंगै युरोपियन युनियनका बरिष्ठ कार्यक्रम संयोजक मिम हमाल र ईन्टनेशनल ट्रेड सेन्टर ( आईटिसी) बिदुर घिमिरेको तीन सदस्यीय टोली मुस्ताङ आईपुगेको हो ।
जलवायु परिवर्तनको असर न्युनिकरण तथा वातावरणीयक्षेत्रमा योगदान पु¥याउने उद्देश्यले मुस्ताङमा भईरहेको पश्मिना क्षेत्रको कार्यक्रम तथा पश्मिना प्रर्वद्धनको सम्भावना,चुनौती लगायतका बिषयमा स्थलगत अनुगमन ,अवलोकन गर्न टोली मुस्ताङ आएको जनाईएको छ ।टोलीले पोखराबाट मुस्ताङ आउने क्रममा थासाङ गापा—३ लेतेमा रहेको धौलागिरि प्राविधिक शिक्षालयको अवलोकन गरेको छ भने घरपझोङ—२ मार्फास्थित शितोष्ण बागवानी कृषि फार्मको सोमबार अवलोकन गरेको वरिष्ठ कार्यक्रम संयोजक मिम हमालले जानकारी दिए ।
उनका अनुसार टोली मुस्ताङमा पशुपालन तथा पश्मिना उद्योग प्रर्वद्धनका लागि स्थानीय स्तरमा सरोकारवाला निकायसंग अन्तरक्रिया गर्ने जनाएको छ ।युरोपियन युनियनले लामो समयदेखि धौलागिरि प्राविधिक शिक्षालयमा दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन र शितोष्ण बागवानी विकास केन्द्र मार्फामा कृषि क्षेत्रको विकासका लागि सरकार मार्फत लगानी गर्दैआईरहेको छ ।मुस्ताङमा पश्मिना क्षेत्रको दिगो विकास तथा यहाँका स्थानीयको आयआर्जन श्रोत अभिवृद्धि गर्ने उद्देश्यले युरोपियन युनियनको टोली मुस्ताङ आएको हो ।
युरोपियन युनियनका राजदुत नोना डिप्रेजसहितको टोलीले मुस्ताङमा पश्मिनाक्षेत्रमा भईरहेका कार्यक्रम तथा विभिन्न बिषयमा मुस्ताङका स्थानीय पत्रकारहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ ।सो अवसरमा मुस्ताङका पत्रकारहरुले राखेको जिज्ञासालाई सम्वोधन गर्दै राजदुत डिप्रेजले युरोपियन युनियनले नेपालमा सरकारसंग सहकार्य गर्दै विगत २० वर्षदेखि कृषि,पोषण,खाद्य सुरक्षा,बन,शिक्षा,स्वास्थ्य ,कृषिmपर्यटन,पुननिर्माण र आयआर्जन लगायतको दिगो विकासमा विभिन्न कार्यक्रम गर्दैआईरहेको जानकारी दिईन् ।उनले आफु युरोपियन युनियनको राजदुत भईसकेपछि भईरहेका कार्यक्रमको समिक्षा र अवलोकन गर्ने तर्फ जोड दिएको उल्लेख गरिन् ।
उनले भनीन् “ मुस्ताङमा मेरो यो नितान्त प्रोजेक्ट भिजिट हो ।मुस्ताङमा पहिलो पटक आएकी हु । यहाको सुन्दर वातावरण र यहाको भौगोलिक सुन्दरताले मोहित तुल्यायो ।’राजदुत डिप्रेजले अन्तराष्ट्रिय ट्रेडसंग मिलेर कसरी पश्मिना क्षेत्रमा कार्यक्रम र त्यसको अनुगमन र बुझ्न मुस्ताङ आई पुगेको खुलाईन् । युरोपियन युनियनले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्ने गरेको त्यसको कार्यान्वयन नेपाल सरकारले गर्ने गरेको बताईन् । संघीयतापछि नेपालमा ३ तहको सरकार निर्माण भएको र सबै तहसंग कसरी कार्यक्रमहरुको तालमेल र सहकार्य भईरहेको छ भन्ने तथ्यबारे अनुगमन गर्ने मुख्य उद्देश्य रहेको राजदुत डिप्रेजले प्रष्ट पारिन् ।
पत्रकारले साधेको प्रश्नमा राजदुत डिप्रेजले युरोपियन युनियनले नेपालमा के गर्छ भन्ने जानकारी दिने र स्थानीय स्तरमा जनचेतना अभिवृद्धि गर्ने विभिन्न जिल्लाहरुमा अवलोकन भ्रमण गर्ने गरेको जनाईन् । नेपालमा कृषि विकास रणनिति ( एडिएस¬)त्यसको कार्यान्वयन गर्ने निकाय भएको उनले उल्लेख गरिन् ।राजदुत डिप्रेजले नेपालमा कसरी पारस्परिक सहयोग तथा सद्भाव कायम गरी दिगो विकास तथा समुत्थान गर्ने भन्ने बिषयमा नेपाल सरकार , विभिन्न साझेदारी संस्था र युरोपियन युनियनले गत हप्ता घोषणापत्रमा हस्ताक्षर गरिसकेको जानकारी दिईन् ।
नेपालमा भईरहेका विकासका कार्यक्रमलाई दिगो रुपमा स्थापित गर्न रेजिलियसन ईन्क्लुसीप डेभलमेन्ट (ग्रीड) अन्तर्गत कृषिक्षेत्रलाई आधार बनाएर ७ बिलियन अर्थात ८ खर्बको लगानी हुने जनाईन् ।यसका लागि नेपालमा सन् २०२१ देखि सन् २०२७ सम्मको रणनिति निर्माण भईरहेको राजदुत डिप्रेजको भनाई छ । युरोपियन युनियनले कार्यक्रम लागु भएको ७ वर्षभित्र कुन कुन क्षेत्रमा सहयोग÷सद्भाव बढाउन सकिन्छ र त्यस्ता कार्यक्रमहरुमा मोडालिटी तयार भईरहेको समेत उल्लेख गरिन् ।उनले बतावरण प्रतिकुल नहुने गरी दिगो विकासका कार्यक्रम गर्ने लक्ष्य रहेको पत्रकारहरुलाई राजदुत डिप्रेजले जानकारी दिईन् ।
सो अवसरमा राजदुत डिप्रेज समक्ष पत्रकारहरुले मुस्ताङमा जलवायु परिवर्तनको प्रभाव ,अनुकुलन र मुस्ताङमा शिक्षा ,स्वास्थ्य र कृषि क्षेत्रमा परेका समस्या र चुनौती लगायतका बिषयमा ध्यानआर्कष गराएका थिए । पत्रकारहरुको प्रश्नमा राजदुत डिप्रेजले बातावरणीय प्रभावमा नेपालको असर कम भएको तर त्यसको क्षति नेपालले बढी मात्रामा थेग्न परेकाले बातावरण सरक्षणका लागि दिगो विकास गर्नुपर्नेमा जोड दिईन् ।
कृषि ,पशुपालन र पर्यटनको प्रचुर सम्भावना रहेका हिमाली जिल्ला मुस्ताङमा पश्मिनाक्षेत्रको विकास तथा प्रर्वद्धन र भईरहेका कार्यक्रमको अनुगमन गर्न आजै टोलीले घरपझोङ गापा जोमसोममा मुस्ताङ ,च्यांग्रा तथा पश्मिना कृषक संघ र मुस्ताङका महिला उद्यमी टोलीसंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको ईन्टनेशनल ट्रेड सेन्टर ( आईटिसी) बिदुर घिमिरले जानकारी दिए । उनका अनुसार राजदुत डिप्रेजले उपल्लो मुस्ताङका विभिन्न पशुपालक कृषक समुह तथा लोघेकर दामोदरकुण्ड गापाका जनप्रतिनिधि र लोमान्थाङ गापाका जनप्रतिनिधिसंग भेट गर्ने कार्यक्रम रहेको उनले बताए ।राजदुत डिप्रेज उपल्लो मुस्ताङको विभिन्न कार्यक्रमको अवलोकन तथा अन्तरक्रिया गरी डिसेम्बर १ तारिखमा फर्किने कार्यक्रम रहेको छ ।
फोटो क्याप्सन ः
मुस्ताङका पत्रकारहरुसंग सामुहिक तस्विर खिचाउदै राजदुत डिप्रेज । तस्विर ःसुन्दरकुमार थकाली

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया