सर्बदलीय बैठक सुरु
प्रधानमन्त्रीले बाेलाएकाे सर्बलदीय बैठक पनि एमालेद्वारा बहिस्कार

पाेखरा ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बाेलाएकाे सर्बदलीय बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेकाे छ । सरकार र सभामुखकाे भूमिका प्रति गम्भीर असहमति जनाउदै आएकाे एमालेले यसअघि सभामुखले बाेलाएकाे सर्बदलीय बैठक पनि बहिस्कार गरेकाे थियाे ।
अहिले बालुवाटारमा एमाले बिनाकै सर्बदलीय बैठक सुरु भएकाे छ । एमालेका लागि छुट्याइएका कुर्सी खाली छन् ।
बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव वेदुराम भुसाल सहभागी छन् ।
त्यस्तै जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी छन् ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया