मुस्ताङलाई पश्मिना हब बनाउन लाग्छौं : इयु राजदूत डिप्रेज

बर्सेनि १५ हजार केजी सम्म् पश्मिना उत्पादन हुन सक्ने

सुन्दरकुमार थकाली २०७८ असोज १४ गते १२:५५


जोमसोम । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापा—१ चराङमा बुधबार पश्मिना संकलन तथा प्रशोधन केन्द्रको उद्घाटन भएको छ । सोमबार पोखरा हँुदै हिमाली जिल्ला मुस्ताङ आईपुगेकी युरोपियन संघकी राजदुत नोना डिप्रेजले एक कार्यक्रमकाबीच सो केन्द्रको उद्घाटन गरेकी हुन् ।
लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको अध्यक्षतामा भएको पश्मिना संकलन तथा प्रशोधन केन्द्र उद्घाटन कार्यक्रममा मुस्ताङ च्यांग्रा तथा पश्मिना कृषक संघका अध्यक्ष करन ताङ्वेसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाका झन्डै ५ दर्जन च्यांग्रा पालक किसानको सहभागी रहेको जनाईएको छ ।

युरोपियन संघ (ईयु)सहित साझेदारी सस्थाहरुले गरेको विभिन्न कार्यक्रमको स्थलगत अनुगमन तथा अवलोकनका लागि उपल्लो मुस्ताङ पुगकी राजदुत डिप्रेजले हिमाली जिल्ला मुस्ताङको रमणीय भुगोल ,प्राकृतिक सौन्दर्यता र यहाँको धार्मिक कलासस्कृति र परम्पराले मोहित तुल्याएको उल्लेख गरिन् । चराङमा आयोजित पश्मिना संकलन तथा प्रशोधन केन्द्रको उद्घाटनका क्रममा ईयु राजदुत डिप्रेजले मुस्ताङमा पश्मिना क्षेत्रको प्रचुर सम्भावना रहेकाले मुस्ताङलाई पश्मिना हब बनाउन पहल गर्ने प्रतिबद्धता जनाईन् । यसको व्यवस्थापन,बिस्तार र प्रर्वद्धनका लागि संघले अधिकतम् पहल गर्ने उनको भनाई छ ।

उनका अनुसार युरोपियन संघ तथा अन्य साझेदारी संस्थाहरुको सहयोगमा सन् २०१६ देखि सन् २०२० सम्ममा नेपालमा कृषि,पर्यटन,वातावरण र,शिक्षा,स्वास्थ्य ,पुननिर्माण तथा आयआर्जन लगायतका बिषयमा कार्यक्रम गर्दै आईरहेको र विगतका कार्यक्रमलाई निरन्तता दिदै सन् २०२१ देखि सन् २०२७ सम्ममा नयाँ कार्यक्रम कार्यान्वनमा आउने जानकारी दिईन् । नेपालमा दिगो र समावेशी आर्थिक बृद्धि र गरीबी घटाउन व्यापार र क्षेत्रीय र वैश्विक मूल्य श्रृंखलामा सहभागिता बढाउन संघले विभिन्न कार्यक्रमको खाका निर्माण गरिरहेको राजदुत डिप्रेजले बताईन् ।

Advertisement
ईयु राजदुत नोना डिप्रेज र लोघेकरका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट

उनले उद्योग नीति, वाणिज्य सम्झौता र उनीहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तीन तहको सरकारसंग समन्वयन गरी कार्यक्रम अघि बढाउने उद्देश्य रहेको जानकारी दिईन् ।उनले भनीन् “ हामी सरकार मार्फत लगानी गर्ने गर्छौ । यी कार्यक्रमको प्रभावकारिता कस्तो छ भनी स्थानीय स्तरमै बुझ्न मुस्ताङ आएकी हु ।यसले ईयुको कार्यक्रमलाई जनताले राम्रो संग बुझ्ने मौका पाउँने छन् ।’

नेपाल पश्मिना महासंघको पहलमा उपल्लो मुस्ताङको चराङमा पश्मिना संकलन तथा प्रशाधन केन्द्र स्थापना भएको लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेलले जानकारी दिए ।उनले सुरुआती चरणमा केन्द्रले पश्मिना संकलन गर्ने र त्यसपछि पश्मिना प्रशोधनतर्फ जोड दिने लक्ष्य रहेको बताए । उनका अनुसार मुस्ताङमा झन्डै ५० हजार भन्दा बढी च्यांग्रा पालन भईरहेको र जसबाट बर्सेनि ५ हजार केजी पश्मिना उत्पादन हुने गरेको छ । उनले पश्मिना उत्पादन तर्फ जोड दिन सरोकारवाला निकायले स्थानीय स्तरको बैज्ञानिक अध्ययन गरेर सरचना निर्माण ,तालिम प्रशिक्षण र च्यांग्रा पालनको संख्या वृद्धि गर्न आवश्यक रहेको बताए । च्यांग्रा पालनमा लगानी हुन सके बर्सेनि १५ हजार केजी सम्म् पश्मिना उत्पादन हुन सक्ने अध्यक्ष बिष्टले दावी गरे ।

Advertisement

यस्तै, मुस्ताङ च्यांग्रा तथा पश्मिना कृषक संघका अध्यक्ष करन ताङ्वेले पश्मिना क्षेत्रलाई थप वैज्ञानिक र उत्पादनशील बनाउन आवश्यक रहेको औल्याए । यसअघि उपल्लो मुस्ताङका च्यांग्रा पालक कृषकले उत्पादन गरेको पश्मिना उत्तरी कोरलानाका हुँदै चिनतर्फ निर्यात हुने गथ्र्यो । नेपाल पश्मिना महासंघले स्थानीय स्तरमै पश्मिना संकलन केन्द्र स्थापना गरेसंगै पशुपालक किसान उत्साहित भएका छन् ।

नेपालको पश्मिना उद्योग तथा ब्यवसाय चिनकै निर्भर पर्नेमा मुस्ताङमा केन्द्र स्थापना भएपछि व्यवसायलाई पश्मिना आयातमा केही सहज तुल्याएको छ ।उपल्लो मुस्ताङका अधिकांश किसानले भेडा÷च्यांग्रा र याकचौरी पाल्ने गर्छन् ।

फोटो क्याप्सन ः ईयु राजदुत नोना डेप्रेजले गरिन् उपल्लो मुस्ताङको चराङमा पश्मिना संकलन तथा प्रशोधन केन्द्र उद्घाटन ।तस्विर ःराजु बिष्ट ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया