
पर्वत अस्पताल गण्डकी प्रदेशको उत्कृष्ट अस्पताल हुन सफल भएको छ। प्रदेशका ११ वटा अस्पताललाई पछि पार्दै पर्वत उत्कृष्ट बनेको हो । उसले मूल्यांकनमा ७४.९४ अंक प्राप्त गरेको छ ।
गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्ने मूल्यांकन टोलीले मूल्यांकनको मापदण्डअनुसार दिएको नम्बरको आधारमा जिल्ला अस्पताल पर्वतले सबैभन्दा धेरै नम्बर प्राप्त गरेको हो ।
प्रदेशका ११ वटा जिल्लाका अस्पतालहरूलाई विभिन्न १२ वटा सूचकहरूको आधारमा प्रदान गरेको अंकमा पर्वत अस्पतालल सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले गत वर्ष र यस वर्षको प्रगतिले सबैलाई हर्षित बनाएको सुनाए ।
मन्त्रालयले पर्वत अस्पतालमा भइरहेका शल्यक्रिया सेवा, डिजिटल एक्स–रे सेवा, ल्याब सेवा, मिर्गौलाको डाइलोसिस सेवा, शव चिस्यान केन्द्र, अक्सिजन प्लान्ट, सघन उपचार केन्द्र र भेन्टिलेटर सञ्चालन, गरीबका लागि विपद् कोष स्थापना, विशेषज्ञ सेवा, अत्याधुनिक अस्पताल भवन निर्माण, आयव्यय हिसाब सफ्टवेयर प्रणालीमा लैजानु, विदेशमा रहेका नेपालीसँगको सहकार्यमा आधुनिक उपकरण ल्याउनु, लगायतलाई उल्लेख्य उपलब्धिको रूपमा लिएको हो ।
गत वर्ष पनि जिल्ला अस्पताल पर्वत प्रदेशकै उत्कृष्ट अस्पताल बन्न सफल भएको थियो । पहिले रिफर सेन्टरको रुपमा रहेको अस्पताल अहिले बिरामीको पहिलो रोजाइ बन्न सफल भएको देखिन्छ । पर्वत अस्पताल १५ शड्ढया क्षमताबाट ५० शड्ढया क्षमतामा स्तरोन्नति गर्न लागिएको छ ।
अस्पतालका अध्यक्ष पहाडीले व्यवस्थापन समितिको क्रियाशीलता, स्रोतसाधन जुटाउन गरेको मिहेनत, विभिन्न संघसंस्थाको सहयोग तथा अस्पतालका कर्मचारीको अथक प्रयासले मात्रै अस्पतालको सेवा सुविधामा सुधार भएको बताए । ‘यो सफलता पाउनसरकारदेखि मातहतका निकाय, अस्पताल विकास समिति, सहयोग तथा चन्दादाता, कार्यरत कर्मचारीलगायत सबैको पसिना परेको छ,’ उनले भने ।
जिल्ला अस्पताल पर्वतका निमित्त प्रमुख डाक्टर ढुन्डीराज पौडेललेस्टाफ, सञ्चालक समिति, जनप्रतिनिधि र सबै तहका सरकारका सहयोगका कारण अस्पतालले आफूलाई सुधार गर्न सकेको धारणा राखे ।

सुवास शर्मा लामिछाने
लामिछाने समाधान दैनिकका लागि पर्वत संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया