मूलथोक टोल विकासमा ओमनाथ अधिकारी

पोखरा । मुलथोक टोल विकास संस्था, लेकसाइडको अध्यक्षमा ओमनाथ अधिकारी चयन भएका छन् । अघिल्लो साता संस्थाको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन भएको थियो । अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समिति उपाध्यक्षमा सरोज अधिकारी, सचिव कविता अधिकारी, कोषाध्यक्ष सावित्री पहारी, सहसचिव सीतादेवी अधिकारी र सदस्यमा कमलराज अधिकारी, कल्पना पहारी, सविन अधिकारी र देवका बराल चयन भए । निर्वाचन संयोजक संस्थाका सल्लाहकार दयानन्द पोखरेल थिए ।
पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले टोल विकास र आमा समूह विकासका आधार हुन् भने । उनले मुलथोक टोल विकास संस्थाले धेरै राम्रा काम गरेको भन्दै प्रशंसा गरे । उनले स्थनीय तहमा जनप्रतिनिधि आइसकेपछि पोखरा ६ मा भएका विभिन्न विकासका योजनाबारे फेहरिस्त सुनाएका थिए । संस्थाका अध्यक्ष हिरु पुनको अध्यक्षतामा भएको कार्यक्रममा केदारेश्वर महादेवमणि संरक्षण समितिका पीठाधीश डा. लेखनाथ आचार्य, संस्थाका अध्यक्ष अधिवक्ता भगवती पहारी, संस्थाका सल्लाहकार दयानन्द पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले संस्थापक अध्यक्ष अधिवक्ता पहारीसहित टोलका वयोवृद्धहरुलाई सम्मान गरेको थियो । स्वागत उपाध्यक्ष ओमनाथ अधिकारी र सञ्चालन सचिव सरोज अधिकारीले गरेका थिए। संस्थाले टोलमा सरसफाइ, टोलावासीलाई जनचेतनाका कार्यक्रम, तालिमका साथै टोललाई सफासुग्घर एवं स्वच्छ बनाउन विकृति विसंगत हटाउन विविध कार्यक्रम गर्दै आएको छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया