एमालेको दृष्टिमा कांग्रेस दुश्मन हैन प्रतिस्पर्धी

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नै आफूहरुको मुख्य प्रतिस्पर्धी रहेको निष्कर्ष निकालेका छन्।
ललितपुरमा सुरु विधान महाधिवेशनमा शुक्रबार उनले पेस गरेको प्रतिवेदनमा यसअघिका एमाले दस्तावेजहरुमा जस्तो कांग्रेसलाई दुश्मन नभनी प्रतिस्पर्धी भनिएको छ ।

’नेपाली काङ्ग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवं सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छ’, उनले भनेका छन्, ’तर यही यो पार्टी हाम्रो मुख्य प्रतिस्पर्धी पनि हो।’
उनले माओवादी केन्द्रबारे पनि बोलेका छन्। उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले अस्थिर, अवसरवादी र विभाजनकारी भनेका छन्।
त्यसैगरी मधेस केन्द्रित दल सङ्कीर्ण रहेको पनि उनको निष्कर्ष छ। ’मधेस केन्द्रित दल संकिर्ण, यथास्थितिवादी र राष्ट्रियताका विषयलाई असर पु¥याउने सोच र गतिविधिप्रति हाम्रो असहमति छ’, ओलीले भनेका छन्।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै अहिले पनि कतिपय दलहरु राजतन्त्र फर्काउन लागिरहेको बताएका छन्। ’कतिपय दलहरु राजतन्त्र फर्काउन चाहन्छन्, कति धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन्’, ओलीको प्रतिवेदनमा भनिएको छ, ’यसमा हाम्रो आपत्ति र विरोध छ।’
उनले बहुदलीय प्रतिस्पर्धाको नीति लिएकाले कुनै पनि दललाई दुश्मन घोषणा नगर्ने बताएका छन्। ’बहुदलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व हासिल गर्ने नीति लिएको पार्टीले कुनै दल विशेषलाई प्रमुख दुश्मन घोषणा गर्ने जस्ता कम्युनिष्ट आन्दोलनका अतिवादी गल्तीबाट भने मुक्त रहनुपर्छ’, ओलीले भनेका छन्।
ओलीले नेपालको विभेदपूर्ण वितरण प्रणालीले नेपालीहरुलाई समस्या भएको पनि बताएका छन्।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया