कांग्रेसका नेता गुरुङलाई मातृशोक

पोखरा ।
नेपाली कांग्रेसका नेता कुलप्रसाद गुरुङलाई मातृशोक परेको छ ।
गुरुङकी आमा ८८ वर्षीया कनरस्यो गुरुङको शनिबार बिहान आफ्नै निवास पोखरा जिरो किमीमा निधन भएको हो । नेपाल विद्यार्थी संघ कास्कीका पूर्व सभापति समेत रहेका गुरुङकी आमा लामो समयदेखि बिरामी थिइन । दिवंगत गुरुङको बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
समवेदना दिन पर्वसभामुख एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्रीहरू महादेव गुरुङ, यज्ञवहादुर थापा, कास्की कांग्रेस सभापति कृष्ण केसी, सचिव देवेन्द्र रानाभाट, पोखरा महानगर सभापति सुरेन्द्रमान विजुक्छे सहितका नेपाली कांग्रेसका नेताहरूले बौद्ध अर्घौ सदन रामघाटमा पुगेका थिए ।
दिवंगत गुरुङका २ छोरा र १ छोरी छन् । उनका कान्छो छोरा कुलप्रसाद गुरुङ २०५४ सालको स्थानीय निकाय निर्वाचनमा पोखरामा उपमेयरको उम्मेदवार थिए । उनले २०४६ सालको परिवर्तन कास्कीमा नेतृत्वदायी भूमिका खेलेका थिए ।








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया