राजनिति
कार्यकर्ताको भावनालाई शिरोधार्य गर्दैै सभापती बने ःपुर्व मन्त्री थकाली
“परिस्थितीले म कहाँ पुग्ने भन्दा पनि पार्टी पार्टी कहाँ पुग्छ , देश र प्रजातन्त्र कहाँ पुग्छ भन्ने बिषय गौण हो

जोमसोम—नेपाली कांग्रेसका नेता तथा पुर्व बाणिज्य मन्त्री रोमी गौचन थकालीले आफु कार्यकर्ताको मनोभावनालाई शिरोधार्य गदेै सभापती बनेको खुलाएका छन् । शुक्रबार मुस्ताङको थासाङ गाउँपालिका—३ लेते कालोपानीमा सम्पन्न नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा सर्वसम्मत पार्टीको जिल्ला सभापती चयन भएपछि समाधान दैनिकलाई प्रतिक्रिया दिदै पुर्व मन्त्री थकालीले कार्यकर्ताको आग्रह र अनुरोधलाईअस्विकार गर्न नसकेर सभापती पदको जिम्मेवारी लिन परेको बताए ।
पुर्व मन्त्री थकालीले कार्यकर्ता पंक्तिको आग्रह उनीहरुको मनोवल उच्च बनाउन सभापतीलाई अस्विकार गर्न नसकेको उल्लेख गरे । नेपाली कांग्रेसको १४ औं महाधिवेश अन्तर्गत भएको जिल्ला अधिवेशन,केन्द्रिय महाधिवेशन र महासमितिसम्मको संम्पूर्ण पदमा बिवादरहित ढंगले निर्विरोध निर्वाचित भएको र यसमा साथ र सहयोग गर्ने सम्पूर्ण कार्यकर्ता पंक्ति र सुभेच्छुकहरुमा पुर्व मन्त्री थकालीले धन्यवाद ब्यक्त गरे ।

“परिस्थितीले म कहाँ पुग्ने भन्दा पनि पार्टी पार्टी कहाँ पुग्छ , देश र प्रजातन्त्र कहाँ पुग्छ भन्ने बिषय गौण हो ,पुर्व मन्त्री थकालीले भने “मेरो उमेर ,मेरो लगानी ,मेरो समयको योगदानले केन्द्रिय पदाधिकारीमा लड्नु पर्ने थियो ।’ जिल्लाको सभापती बनेका पूर्व मन्त्री थकालीले आफ्नो पहिलो प्राथमिकता जिल्लाको संगठनलाई बलियो र सुदृढ तुल्याउनु रहेको बताए । पुर्व मन्त्री थकालीले केही महिना जिल्लाको परिस्थिती हेरेर केन्द्रिय पदाधिकारी अथवा सदस्यमा उम्मेदबार हुन सक्ने उल्लेख गरे ।

पुर्व मन्त्री थकालीले देशमै मुस्ताङले कांग्रेसजनमा सकारात्मक सन्देश प्रवाह गरेको र यसमा पार्टीको वडा तह ,गाउँ ,प्रदेश र जिल्ला अधिवेशनसम्म आपसी सहमती र छलफलले एकमतले बिभिन्न पदाधिकारी चयन गरेको जानकारी दिए ।पुवै मन्त्री थकाली नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मुस्ताङबाट पहिलो सभापती बन्न सफल भएका हुन् ।
फोटो क्याप्सन ः १४ औं महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै पुर्व मन्त्री रोमी गौचन थकाली । तस्विर ःनविन शेरचन

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया