बार्सिलाेनाकाे पराजयमा अपमान गर्दै निकालिएका खेलाडीकाे बदला

एजेन्सी ।
बुढाे भइस भन्दै अपमानजनक ढंगले निकालिएका बार्सिलाेनाकै पूर्व खेलाडी लुइस सुआरेजले शानदार गाेल गरेर बार्सलाेनालाई हारकाे स्वाद चखाएका छन् । बार्सिलाेनाबाट एथ्लेटिकाे म्याड्रिड गएका सुआरेजले बार्सिलाेनालाई हराउनसका साथै आफ्नाे टिमलाई शिर्ष स्थानकाे रियल मड्रिडसँग अंक बराबरीमा पुराए ।
घरेलु मैदानमा बार्सिलोनामाथि २–० को जितका साथ साविक विजेता एट्लेटिको मड्रिडले ला लिगामा शीर्ष स्थानको रियल मड्रिडसँग अंक बराबर गरेको छ ।
स्मरणीय के छ भने बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो टिममा बुढा खेलाडीलाई स्थान नरहेको भनेर स्वारेजलाई अपमानजनक रुपमा क्लबबाट निकालेका थिए । बार्सिलाेनामै बस्न चाहेका फुटबल स्टार मेसी पनि रुदै रुदै बाहिरिएका थिए ।
यो सिजन बार्सिलोनाका लागि सबैतिर दुखत सुरुआत भइरहेको छ । तर ला लिगामा भने उसको पहिलो हार हो । १२ अंक जोडेको बार्सिलोना नवौं स्थानमा छ । डिएगो सिमोनी नेतृत्वको एट्लेटिकोभन्दा ५ अंक कम ।
जोआओ फेलिक्स र स्वारेजसहितको संग्लग्नतामा बनेको अवसरलाई उपयोग गरी थोमस लेमारले गोल गर्दा एट्लेटिकोले अग्रता बनाएको थियो । त्यसपछि स्वारेजले लेमारकै पासमा आफ्ना पूर्व क्लबविरुद्ध गोल गरे ।
एट्लेटिको र रियलको समान १७ अंक भए पनि गोलअन्तरमा रियल अगाडि छ । रियलले एक खेल कम खेलेको छ ।
यो खेलभन्दा अघि बार्सिलोनाले ला लिगामा ३ जित र तीन बराबरी खेलेको थियो , अघिल्लो साता च्याम्पियन्स लिगमा लगातार ३–० ले हारेको पनि थियो । यसले क्लबमा कोम्यानको उपस्थितिलाई पनि असर गरिरहेको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया