रहेनन् समाजसेवी, शिक्षासेवी गोर्खा मेजर चन्द्र बहादुर पहरे पुन

समाधान संवाददाता २०७८ असोज १७ गते १९:५४

पोखरा । समाजसेवी, शिक्षासेवी गोर्खा मेजर चन्द्रबहादुर पहरे पुनको शनिबार निधन भएको छ । पुनको ७८ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटि अस्पतालमा निधन भएको हो ।

Advertisement

३ हप्ताअघि अस्वस्थ भएका पुनको पोखरास्थित फिस्टेल अस्पतालमा ३ दिन उपचार गराएर नदीपुरस्थित घरमा आराम गर्न लगिएको थियो । घरमा ४ दिन बसिसकेपछि थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौंस्थित मेडिसिटि अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनलाई निमोनियको समस्याले सताएको थियो ।

पुनको पूरानो गाउँ हालको अन्नपूर्ण गाउँपालिका हिस्तान, म्याग्दी हो । सन १९५८ मा बेलायती सेनामा भर्ति भएका पुनले ३२ वर्ष सेवा गरेपछि सन १९८९ मा रिटार्ड भएका थिए । त्यसपछि उनले १२ वर्ष बु्रनाईमा काम गरेका थिए ।

जागिरबाट रिटायर्ड भएपछि उनी समाजसेवा र शिक्षा सेवामा निरन्तर लागे । बुबाको नाममा स्वास्थ्य चौकि स्थापना, विद्यालय भवन निर्माण र बास्केट बल कोर्ट उनले बनाइदिएका थिए ।

मेजर पुन कार्पाकेली परिवारका अध्यक्ष, मनकामना बोर्डिङ स्कुलका व्यवस्थापन समितिका अध्यक्ष, हिस्तान मण्डली समाजका सल्लाहकार, पुन समाज पोखराका पूर्व अध्यक्ष, कोपिला वालगृहका अध्यक्ष, प्रकृति उद्यान नदीपुरको निर्माण समिति संयोजक रहका थिए । उनी ज्ञानभूमि माविको भौतिक सुधारको काम गरेका र अन्नपूर्ण वातावरण संरक्षण संस्थाको कोषाध्यक्ष थिए । साथै उनी सक्षम सहकारीको सल्लाहकार र नेपाल पुन मगर समाजको पनि सल्लाहकार थिए ।

Advertisement

पछिल्लो समयमा उनी नेपाली मौलिक लोक संस्कृतिको जगेर्नामा लागेका थिए । आफ्नो कला, संस्कृतिको जगेर्ना गरौं भन्ने अभियान अनुसार आफ्नै समाज र अन्य समुदायमा गएर जागरणको काम गरेका थिए । उनले मौलिक लोक नृत्य, गीत संगीत र सोरठी सिक्ने सिकाउने काम पनि गरेका थिए । उनका ३ छोरा र १ छोरी छन् ।

तपाईको प्रतिक्रिया