मुनाल सहकारीको अध्यक्षमा श्रेष्ठ

समाधान संवाददाता २०७८ असोज १८ गते १४:५७

पोखरा । पोखराको नयाँबजारमा रहेको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ अाै‌ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन असोज १३ गते सुरु भई असोज १६ गते शनिबार सम्पन्न भएको छ ।


संस्थाको पाँचौं अधिवेशनबाट आगामी ४ वर्षका लागी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कार्यसमितिको अध्यक्षमा मगनलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष डा. विष्णुप्रसाद चापागाईं, सचिव नारायणबहादुर थापा, कोषाध्यक्ष रमेशकुमार पौडेल तथा कार्यसमिति सदस्यहरूमा तिलकबहादुर प्रधान, सुदर्शन न्हुच्छे प्रधान, डिलकुमारी पौडेल, मुक्तिनाथ अधिकारी, सन्तोषकुमार घिमिरे, डा.भवानीशंकर पौडेल र कालीप्रसाद मैनाली निर्वाचित भएका छन ।


लेखा समिति संयोजकमा रोशनजंग कार्र्की, सदस्यमा जिवन बहादुर क्षेत्री र इन्द्रलाल श्रेष्ठ, ऋण उपसमितिमा फणीन्द्र तिमिल्सिना र सुशीला थापा निर्वाचित भएका छन् । बाँकी सल्लाहकार समिति तथा अन्य समिति, उपसमितिमा छिटै मनोनित गरिने बताइएको छ ।

Advertisement


निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत चण्डीप्रसाद अर्याल र मेघनाथ काफ्लेले पद तथा गोपनियताको सफत खुवाएका थिए । कोभिडलाई मध्यनजर गर्दै भौतिक दूरी कायम गरी आफ्नै भवनमा वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको थियो ।


कार्यक्रममा संस्थाका सल्लाहकार रामजीप्रसाद बाँस्तोला, दिलीपराज श्रेष्ठ, देवीलाल खत्री, पूर्वअध्यक्ष मेघनाथ काफ्ले लगायत वक्ताले शेयर सदस्यको हित र समग्र आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको कुरामा जोड दिएका थिए ।

Advertisement


सभामा संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईंले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, मगनलाल श्रेष्ठले प्रस्तुत गरेको सचिवको वार्षिक नीति, कार्यक्रम तथा बजेट, नारायणबहादुर थापाले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र डा. भवानीशंकर पौडेलले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो ।


तेह«ौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनका अवसरमा सहकारीका अध्यक्ष दुर्गाप्रसाद हुमागाईंले आफ्नो ४ वर्षे कार्यकालमा कार्यसमितिमा रहेर उत्कृष्ट सहयोग गर्ने सम्पूर्ण सञ्चालक तथा कार्यालय प्रमुख अम्बर थापालाई प्रशंसापत्र प्रदान गरेका थिए ।
सहकारीका अध्यक्ष दुर्गाप्रसाद हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खेमनारायण खनालले स्वागत मन्तव्य तथा कार्यसमिति सदस्य रमेशकुमार पौडेलले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मगनलाल श्रेष्ठले गरेका थिए ।

तपाईको प्रतिक्रिया