हेलिकोप्टर चार्टर गरी भारतीय जम्बो टोली मुक्तिनाथमा
,९ दिनसम्म धार्मिक अनुष्ठान

जोमसोम—भारतीय धर्म गुरु मुरली बाख्खु उर्फ मुरली बाबासहितको जम्बो टोली बुधबार मुस्ताङ आएईपुगेको छ ।मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथक्षेत्रको पुराङ रानीपौवा स्थित सामुदायिक भवनको हलमा रामकथा बाचन गर्ने उद्देश्यले भारतीय धर्म गुरु बाख्खुसहितको करिव एक सय भन्दा बढी जनाको टोली मुस्ताङ आईपुगेको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी आशिष अधिकारीका अनुसार धर्म गुरु बाख्खु र उनका केही सहयोगी टोली एभरेष्ट एअरको हेली मार्फत मुस्ताङका आईपुगेको जानकारी दिए । यस्तै,अन्य धार्मिक अभियान्ता तथा सहयोगीहरु समेत पोखरा—काठमान्डौंबाट समिट एअरको जहाज चार्टर उडान गरी जोमसोम आईपुगेका हुन् ।
जहाजबाट जोमसोम आईपुगेका उनीहरुलाई जोमसोमबाट सिम्रिक एअरको हेली मार्फत बिहान ९ बजेदेखि ११ बजेसम्म आलोपालो गरी मुक्तिनाथ अवतरण गराईएको थियो ।
कोरोना माईरसको दोश्रो भेरियन्टपछि मुस्ताङमा निषेधाज्ञा खुकुलो भएको र मुक्तिनाथ मन्दिर समेत खुल्ला भएको अवस्थामा भारतीय जम्बो टोली मुस्ताङ आएको हो । मुक्तिनाथ रानीपौवा स्थित सामुदायिक भवनमा असोज २१ गते असोज २९ गतेसम्म नियमित रुपमा धार्मिक अनुष्ठान कार्यक्रममा धर्म गुरु मुरली बाख्खुले राम कथा बाचन र पुजापाठ गर्ने कार्यक्रम तय भएको छ।
भारतीय टोलीले मुक्तिनाथ परिसर भन्दा बाहिर कार्यक्रम गर्ने भएकाले यसलाई अर्थपूर्ण रुपमा समेत हेरिएको छ । राम कथा बाचनका लागि आएको भारतीय जम्बो टोलीले मुक्तिनाथ रानीपौवा स्थित होटल ग्राण्ड साम्वला र युरिका होटल समेत ९ दिनका लागि बुकिङ गरिसकेको ग्राण्ड साम्वलाका प्रोपाईटर सुरज गुरुङले जानकारी दिए । यसअघि टोलीका केही प्रतिनिधि मुस्ताङ आएर कार्यक्रमको ब्यवस्थापन गरिसकेको जनाईएको छ ।
फोटो क्याप्सन ः भारतीय धर्म गुरु मुरली बाख्खुसहितको टोली मुक्तिनाथ हेलिप्याडमा । तस्विर ःसुरज गुरुङ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया