मन्त्रिपरिषद् बिस्तार हुँदै

बाग्लुङबाट विजयी देवेन्द्र पाैडेल मन्त्री बन्दै

समाधान संवाददाता २०७८ असोज २० गते १९:४१

पाेखरा ।

Advertisement

नेकपा माओवादी केन्द्रले आफ्नाे काेटाबाट मन्त्री बन्नहरुकाे नामावली टुङ्ग्याएकाे छ । जस अनुसार गण्डकी प्रदेशबाट देवेन्द्र पाैडेल मन्त्री बन्ने भएका छन् । यद्यपी उनकाे मन्त्रालय भने अझै टुङ्गाे लागेकाे छैन ।

आज बसेकाे पार्टीकाे स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले मन्त्री बन्ने ४ जनाकाे नाम सुनाएका थिए भने नारायणकाजि श्रेष्ठले समर्थन गरेका थिए । पौडेलसहित शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय माओवादीले गरेकेा छ ।

बाग्लुङबाट प्रतिनिधि सभाका लागि निर्बाचित पाैडेल पहिलाे पटक मन्त्री बन्न लागेका हुन् ।

कांग्रेस, नेकपा एस, माओवादी केन्द्र र जसपाकाे गठबन्धन र जनमाेर्बाचाकाेट बनेकाे सरकारमा माओवादीकाे भागमा १ राज्यमन्त्री र ५ मन्त्री परेकाे छ । २ जना मन्त्री यसअघि नै नियुक्त भैसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया