आज मन्त्रिपरिषद् बिस्तार !
श्रम मन्त्री बन्दै किसान श्रेष्ठ

पाेखरा ।
तनहुँ जिल्लाबाट निर्बाचित सांसद कृष्णकुमार श्रेष्ठ किसान श्रम तथा राेजगार मन्त्री बन्ने भएका छन् । नेकपा एसकाे आज बसेकाे स्थायी कमिटी बैठकले श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेकाे हाे ।
नेकपा एमालेमा रहदा केपी शर्मा ओली निकटस्थ भएर काम गरेका श्रेष्ठ ओली सरकारकै पालामा राज्यमन्त्री भएपनि बन्नका लागि प्रयासरत थिए । तर ओलीले अन्तिम पटक मन्त्रिपरिषद् बिस्तार गर्दा पनि श्रेष्ठलाई समेटेपछि उनी माधवकुमार नेपाल पक्षमा लागेका थिए ।
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेललाई पराजित गरेर सांसद बनेका श्रेष्ठलाई नेपालले पार्टी विभाजन गरेर सरकारमा सहभागी हुने भन्दै मन्त्री बनाउने आश्वासन नै दिएकाे बताइएकाे छ । साेही अनुरुप श्रेष्ठ मन्त्री बन्ने भएका हुन् ।
नेकपा एसका एक नेताका अनुसार विरोध खतिवडालाई सहरी विकास, प्रेम आलेलाई पर्यटन, रामकुमारी झाँक्रीलाई स्वास्थ्य र श्रेष्ठलाई श्रम मन्त्री बनाउने तयारी छ । राज्यमन्त्री भने अझै टुङ्गाे लागेकेा छैन् । नेपालले राज्यमन्त्री भवानी खापुङलाई बनाउन चाहेपनि उनी फुल मन्त्री नपाए सरकारमा नजाने अडानमा रहेकाे श्राेतले बतायाे ।
तपाईको प्रतिक्रिया