समाधानकर्मी कुँवरलाई २५ हजारकाे पुरस्कार

पोखरा ।
सिर्जना विकास केन्द्र पोखरा ८ को ४१ औं वार्षिकोत्सव तथा ४४ औं वार्षिक साधारण सभा सोमबार भएको छ ।
सभामा सिर्जना सामाजसेवा सम्मान २०७८ बाट भागवत भास्कर कमलनयन गौतम र सिर्जना समाजिक पत्रकारिता सम्मान २०७८ बाट पत्रकार श्याम कुँवरलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले गौतम र कँुवरलाई जनही नगद २५ हजार ५ सय ५५ रुपैयाँ, दोसल्लासहित सम्मानपत्र प्रदान गरे ।
मन्त्री खड्काले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार निर्माणका समस्यालाई प्रदेश सरकारले सहजीकरण गर्ने बताए । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक संरचना निर्माण, अधिग्रणपछिका समस्या सुन्नु हुन्छ । त्यसलाई प्रदेश सरकारलाई कार्यान्वयन गर्छ,’ मन्त्री खड्काले भने, ‘विभागीय मन्त्रालयको हिसाबले नेतृत्वदायी भूमिका खेल्नेछ ।’ उनले सिर्जना विकास केन्द्रले महिला, बालबालिका, विपन्न वर्गको आर्थिक उन्नतिका लागि उल्लेखनीय काम गरेको बताए ।
पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले संस्थाले महानगरपालिकाले सामाजिक क्षेत्रमा सहकार्य गरेको बताए । उनले समय सापेक्ष रुपमा प्रविधिमैत्री काम गर्न सुझाव दिए । भागवत भाष्कर कमलनयन गौतमले श्रीमद्भागवत महापुराणको कथावाचन पोखराको वडा नम्बर ८ बाट सुरुवात गरेको जानकारी दिए । शैक्षिक, सामाजिक र धार्मिक कार्यका लागि ४ सय महायज्ञमा कथा वाचन गरेको उल्लेख गर्दै उनले ७४ जिल्लामा त्यस्ता कार्यक्रममा सहभागी भएको बताए । भागवत भाष्कर गौतमले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र र बाल आश्रम र गुरुकुलको सञ्चालन व्यवस्थापनमा सिर्जना विकास केन्द्रसँग सहकार्य गर्ने जानकारी दिए ।
संस्थाका संस्थापक अध्यक्ष डम्बर केसीले सामाजिक क्षेत्रमा निस्वार्थ भावले काम गरेको संस्थाले परम्परागत पाराले नभएर आधुनिक ढंगले काम गर्ने बताए । संस्थाका पूर्वअध्यक्ष सोमनाथ बरालले देउसी, भैलो खेलेर जुटाएर काम गरेको केन्द्रले १ लाख ४० हजार महिलालाई विभिन्न प्रकारको सेवा दिएको जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, संस्थाका अध्यक्ष ईन्द्रप्रसाद पौडेल, केन्द्रका प्रथम उपाध्यक्ष तथा प्रतिभा छनौट समिति संयोजक कृष्णबहादुर थापा, नागरिक समाज पोखरा संयोजक ईन्द्रकमल मानन्धर लगायतले सामाजिक क्षेत्रको गतिविधिबारे प्रकाश पारेका थिए ।
सभाले महासचिव चन्द्र गिरीले प्रस्तुत गरेको वाार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमलादेवी गिरीले पेश गरेको आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया