मुस्ताङको एक यस्तो गाउँ ,जहाँ सामुहिक दशै टिका लगाईन्छ
ज्येष्ठ नागरिकहरुले कोतघरमा आउने ब्यक्तिलाई दशै टिका लगाएर आर्शिवाद दिने चलन छ

जोमसोम— मुस्ताङको ५ स्थानीय तहमा ९६ वटा गाउँहरु छन् । उपल्लो मुस्ताङमा गुरुङ,बिष्ट र लोहा समुदायको बस्ती छ । तल्लो मुस्ताङमा थकाली,गुरुङ र केही दलित समुदायको बस्ती छ ।सबै गाउँहरुमा मुखिया प्रथा कायम छ ।
उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको मुस्ताङमा अधिकांश आदीबासी जनजाती समुदायले बौद्ध धर्म मान्ने गर्छन् । उनीहरु सबैको जातीय परम्परा अनुसारको धर्म संस्कृति।सभ्यता र मौििलक पर्वको बिषेशता छ । उपल्लो मुूताङका जनजाती समुदायले यार्तुङ,तिजी,धज्याङ लगायतका चाडपर्व बौद्ध परम्परा अनुसार मनाउने गर्छन् ,तल्लो मुस्ताङका थकालीले फागुपुर्णिमा अर्थात तोरन्ल्ह पर्व पर्व हर्षउल्लासका साथ मनाउने् गर्छन् । मुस्ताङका १३ प्रतिशत दलित समुदायले पनि जनजाती समुदायले मनाउने चार्ड पर्व अनुसरण गर्दै आईरहेका छन् । यद्यपी यो समुदायले हिन्दुहरुको महान पर्व बडादशै पर्व पनि मनाउने गर्छन् ।
मुस्ताङमा बडा दशै पर्वले खासै महत्व राख्दैन ।हिन्दुहरुको यो पर्वलाई भने मुस्ताङीले कुनै महत्व नराखे पनि उनीहरुले दशैलाई हिन्दुहरुको पर्व भएपनि सम्मान गर्ने गर्छन् ।मुस्ताङको ९६ वटै गाउ मध्ये घरपझोङ—५ ठिनी गाउँ यस्तो हो जहाँ दशै पर्वमा सदिंयौ बर्षदेखि दशैको टिका लगाउने चलन छ । मुस्ताङका दलित समुदाय बाहेक अन्य गाउका जनजातीले दशै पर्वमा टिका लगाउदैनन् । तर ठिनी गाउको कोतघरमा बर्सेनि सामुहिक टिका लगाउने प्रचलन अझै जिवितै छ । ठिनी गाउका ज्येष्ठ नागरिकहरुले कोतघरमा आउने ब्यक्तिलाई दशै टिका लगाएर आर्शिवाद दिने चलन रहेको ठिनी थकाली होम स्टेकी सचिव जुमा थकालीले जानकारी दिईन् ।
उनका अनुसार ठिनी कोतघरमा जोमसोम,स्याङ र ठिनी लगायतका जनजातीहरुले टिका लगाउन आउने गरेको बताईन् । मुस्ताङको ठिनीमा राजा थर्कोचेनको पालादेखिनै कोतघरमा सामुहिक दशै टिका लगाउने चलन रहेको उनले उल्लेख गरिन् ।‘ मुस्ताङीले दशै पर्व मनाउने गर्दैनन् ,उनले भनीन्,’ तर ठिनीका थकालीले दशै पर्वलाई सम्मान गर्दे टिका लगाईने चलन छ ।’
मुस्ताङको ठिनी कोतघरमा यसपटक २ सय भन्दा बढी ब्यक्तिले दशै टिका र ज्येष्ठ नागरिकबाट आर्शिवाद ग्रहण गरेका छन् । बर्सेनि दशै पर्वमा कोतघरमा सामुहिक दशै टिका लगाउने चलन रहेपनि कोरोना कहरका कारण कोतघरमा सामुहिक टिका लगाउने चलन रोकिएको थियो । ठिनी कोतघरमा करिव आधा दर्जन ज्येष्ठ नागरिकहरुले सामुहिक टिका र आर्शिवाद दिएका छन् ।
मुस्ताङमा दशै पर्वमा पशु बलिदिने चलन छैन । बरु दशै पर्वमा देशभरका शक्तिपीठमा पशुबलिदिने चलन रहेकाले शान्तिको कामना गर्दे दिपप्रज्वलन र पुजापाठ गर्ने चलन छ । मुस्ताङका अधिकांश गाउमा दशै पर्व मनाउने प्रचलन नरहेपनि पछिल्लो समय मिठो खाने ,राम्रो लगाउने र आपसमा रमाईलो गर्ने गरिन्छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया