सुनको मूल्य प्रतितोला ९१ हजार ३

समाधान संवाददाता २०७८ कार्तिक १ गते १४:३८


काठमाडौँ — नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ । छापावाल सुन दसैंअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार तेजाबी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले चाँदीको सोमबारको कारोबार मूल्य प्रतितोला एक हजार २२५ तोकेको छ । चाँदी गत सोमबार प्रतितोला एक हजार १८० मा कारोबार भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया