
जोमसोम—हिमाली जिल्ला मुस्ताङमा आन्तरिक पर्यटकहरुको घुईचो लाग्न थालेको छ ।नेपालीहरुको महान पर्व बडा तथा दशै तिहार पर्वको अवसरमा मुस्ताङमा आन्तरिक पर्यटकको ओईरो लागेको हो ।
मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शनका लागि खुल्ला भएको र मुस्ताङ आउने पर्यटकलाई कोरोना परीक्षणको रिपोर्ट वा खोपकार्डको आधारमा जिल्ला प्रबेश गर्ने अनुमती दिएसंगै अकल्पनीय रुपमा आन्तरिक पर्यटकको घुईचो बढ्न थालेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिप्रका मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलका अनुसार बडा दशैको पहिलो दिन घटस्थापना देखि हालसम्म १०÷१२ दिनको अवधिमा ३ हजार ९ सय २० सवारी साधन मुस्ताङ भित्रिएको र जसमा १७ हजार ६ सय भन्दा बढी आन्तरिक पर्यटक रहेका छन् । पछिल्लो समय कोरोनाको दोश्रो भेरियन्ट कम हुदै गईरहेकाले मुस्ताङ घुम्ने पर्यटकलाई कोरोना परीक्षणको रिपोर्ट अथवा खोप कार्डको आधारमा जिल्ला भ्रमण गर्न सहज भएको उनले बताए ।
नेपालीहरुको महान पर्व बडा दशै तथा तिहार पर्वको अवसरमा मुस्ताङ घुम्न आउनेमा अधिकांश युवायुवतीहरु रहेका छन् । बिद्यालय,कलेज,सरकारी कार्यालय,बैंक तथा बित्तिय संस्था र बडा दशै पर्वमा बिदेशबाट फर्किएका नेपालीहरु मुस्ताङ घुम्न आएका हुन् ।मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले लामो समय देखि कोरोना कहरका कारण सुस्ताएको मुस्ताङको पर्यटन ढिलै भएपनि क्रमशः गति लिन थालेको बताए । उनले दशै अघिको सोह्र श्राद्धको सेरोफेरोमा मुक्तिनाथ खोल्न ढिलाई हुदा अपेक्षा गरे अनुसार पर्यटक आउन नसकेपनि मुक्तिनाथ खुल्ला भएसंगै मुस्ताङले आन्तरिक पर्यटकले थेग्न नसकेको बताए ।राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक बेमौसमको बर्षाले सडक असहज हुदा पर्यटकले निकै सास्ती ब्यवहोनु परेको र सडक सहज बनाउन सके अझै पर्यटकीय चहल पहल वृद्धि हुनसक्ने अध्यक्ष तुलाचनको भनाई छ ।
दशै पर्वमा आन्तरिक पर्यटक मुस्ताङ आउन थालेपछि यहाका होटलहरु भरीभराउ हुन थालेका छन् । मुस्ताङ घुम्ने आउनेमा कतिपयले जीप चढेर आएका छन् भने कतिपय युवायुवतीले मोटर साईकल चढेर मुस्ताङ आएका छन् । मुस्ताङ घुम्न आएकाहरु मुक्तिनाथको दर्शनसंगै उत्तरी कोरलानाकासम्म पुग्ने गरेका छन् । दशै पर्वको बिदामा मुस्ताङ घुम्न आएका पर्यटकहरुले मुस्ताङ यात्रा कष्ठकर भएपनि यहा आईपुग्दा सबै दुखकुष्ट र थकान मेटिएको बताएका छन् । उनीहरुले मुस्ताङको फरक भुगोल र रमणीय दृष्य लोभलाग्दो भएको बताएका छन् ।
सोमबार र मंगलबार परेको बेमौसमे वर्षाका कारण बेनी जोमसोम सडकमा सवारी फस्दा संयौ सवारी साधन जाममा पर्ने गरेका छन् । सडक हिमाम्मेले सवारी साधन जाम हुदा मुस्ताङ भ्रमण गर्ने यात्रुहरु गन्तब्यमा पुग्न नसक्दा होटल ब्यवस्थापन गर्नमा समेत समस्या उत्पन्न हुने गरेको छ । मुस्ताङको मुक्तिनाथ दर्शनका लागि आएका पर्यटक मध्ये ५० प्रतिशत पर्यटक कोरोलानाका पुग्ने गरेको जनाईएको छ । निर्माण कम्पनीको ढिलाई र सरोकारवाला निकायको बेवास्ताका कारण बेनी—जोमसोम सडक सास्तीपूर्ण हुने गरेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया