वागमतीमा भागबण्डाः आधा समय पाण्डे र आधा बाँनिया मुख्यमन्त्री बन्ने
समाधान संवाददाता
२०७८ कार्तिक ४ गते १९:०४

पाेखरा ।
नेकपा एमाले नेतृत्वकाे सरकार हटाउन गठबन्धन गरेका दलहरुले वागमती प्रदेशमा सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति बनाएका छन् ।
बिहीबार प्रदेशसभाको विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको बैठकले प्रदेशसभाको कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति गरेकाे हाे ।
जस अनुसार पहिलाे मुख्यमन्त्री नेकपा एसका राजेन्द्र पाण्डे बन्ने सहमति भएकाे छ भने पाण्डेकाे समय सकिएपछि नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बाँनिया मुख्यमन्त्री बन्ने सहमति उनीहरुबीच भएकाे छ ।
१० गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई विश्वासकाे मत नदिएर पराजित गर्ने र नयाँ सरकार गठनकाे प्रकृया अघि बढाउने कुरामा पनि गठबन्धनमा समझदारी कायम भएकाे छ ।
सम्बन्धित









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया