पोखरा विश्वविद्यालयका प्राध्यापक घिमिरे भए पुनर्बिमा कम्पनीको अध्यक्ष
समाधान संवाददाता
२०७८ कार्तिक ८ गते १९:३८

काठमाडौं ।
मन्त्रिपरिषदको बैठकले नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरेलाई नियुक्त गरेको छ । नेपाल सरकारले घिमिरेलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । बिमा क्षेत्रमा विद्यावारिधि गरेका घिमिरे पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका प्राध्याक हुन् ।
बिमा समितिको अध्यक्ष हुन नसकेका घिमिरेलाई नेपाल पुनर्बीमाको अध्यक्षमा नियुक्त गरेको हो । बीमा क्षेत्रमा राम्रो ज्ञान भएका घिमिरेले समय समयमा लेख तथा विश्लेषण सार्वजनिक गर्दै आइरहेका छन् । पुनर्बिमाको क्षेत्रमा पनि राम्रो ज्ञान भएका घिमिरेले नेपाल पुनर्बिमालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
सम्बन्धित








वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया