नेकपा एसमा जिम्मेवारी हेरफेर, यी हुन् गण्डकीमा जिम्मेवारी पाउनेहरु

समाधान संवाददाता २०७८ कार्तिक १० गते १८:४०


पोखरा
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले बुधबार सातै प्रदेश सातै प्रदेश कमिटी गठन गरेको छ । प्रदेश कमिटीमा सो पार्टीले इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव मनोनयन गरेको छ ।


जसमध्ये गण्डकीमा केशवलाल श्रेष्ठ, प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ को इन्चार्ज धर्मनाथप्रसाद साह, वागमतीमा केदार न्यौपाने, लुम्बिनीमा भावत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिममा गरिमा साहलाई इन्चार्ज तोकिएका छन् ।


गण्डकी प्रदेशमा सहइन्चार्ज तुलबहादुर गुरुङ, चूडामणि जंगली र शारदा सुवेदी तोकिएका छन् । रामजी शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको छ । सचिव प्रतापलाल श्रेष्ठ, उपसचिव श्रीनाथ बराल र रेखा थापा बस्याल तोकिएकी छन् । प्रदेश कमिटी अध्यक्ष शर्मालाई मुस्ताङ जिल्ला इन्चार्जको पनि जिम्मेवारी छ । गण्डकी प्रदेश सचिव श्रेष्ठलाई मनाङ जिल्ला इन्चार्जको समेत जिम्मेवारी छ । सहइन्चार्ज श्रीनाथ बराललाई पोखरा महानगर इन्चार्जसमेत तोकिएको छ ।

Advertisement


नेकपा एकीकृत समाजवादीले दश दिन नबित्दै केन्द्रीय कमिटीका सदस्यहरु थपघट गर्दै नयाँ सर्कुलर जारी गरेको छ । केन्द्रीय कमिटी सदस्यहरुको नाम हेरफेर भएको छ । यसअघि केन्द्रीय कमिटीमा समावेश भएका केही नेताहरु एमालेमै फर्किएपछि उनीहरुको ठाउँमा नयाँ सदस्य थपेर केन्द्रीय कमिटीलाई पूर्णता दिइएको हो ।


विभागहरु तोक्दै विभिन्न नेताहरुलाई जिम्मेवारी दिइएको छ । त्यसक्रममा पोखराकी दिलु पन्तले युवा फाँट इन्चार्जको जिम्मेवारी पाएकी छन् । प्रेमनारायण पौडेललाई स्याङ्जा इन्चार्ज तोकिएको छ । कलिला खातुन तनहुँ जिल्ला सहइन्चार्ज तथा मुस्लिम संगठन सहइन्चार्ज भएकी छन् । शर्मीलादेवी पौडेललाई स्याङजा जिल्ला सहइन्चार्जको जिम्मेवारी छ । उनी आँधीखोला गाउँपालिकाकी उपाध्यक्ष हुन् । शान्तिकुमारी जिसी बागलुङ जिल्ला सहइन्चार्ज भएकी छन् । गजकुमारी गुरुङले कास्की जिल्ला सहइन्चार्जको जिम्मेवारी पाएकी छन् ।

Advertisement


गोविन्द सुवेदी म्याग्दी जिल्ला इन्चार्ज भएका छन् । चित्र थापा तनहुँ जिल्ला इन्चार्ज तथा जनजाति महासंघ सहइन्चार्ज भएका छन् । गोर्खा जिल्ला इन्चार्जको जिम्मेवारी जुद्धविलास भण्डारीलाई छ । धनराज आचार्य कास्की जिल्ला सहइन्चार्ज तोकिएका छन् । उनी कास्की जिल्ला कमिटी अध्यक्ष पनि हुन् । बालकृष्ण बराल लमजुङ जिल्ला इन्चार्ज भएका छन् । महेन्द्र थापा स्याङजा जिल्ला सहइन्चार्ज र मुना बानियाँ म्याग्दी जिल्ला सहइन्चार्ज छन् । पर्वत जिल्ला इन्चार्ज मोती पौडेल तोकिएका छन् भने रत्नकुमारी गुरुङलाई कास्की सहइन्चार्जको जिम्मेवारी छ ।

शंकरनारायण श्रेष्ठ तनहुँ जिल्ला सहइन्चार्ज भएका छन् । श्रीप्रसाद शर्मा बागलुङ जिल्ला इन्चार्ज तोकिएका छन् । सानुमाया बस्नेतलाई गण्डकी महिला फाँट सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया