नेकपा एमाले पोखरा नगर कमिटी सचिवमा जीवन आचार्य सर्वसम्मत

पोखरा ।
नेकपा एमाले पोखरा नगर कमिटी सचिवमा जीवन आचार्य सर्वसम्मत भएका छन् । सचिवमा आचार्य र गोकर्ण अधिकारीको उम्मेदवारी परेको थियो । अधिकारीले मनोनयन फिर्ता लिएकाले आचार्य निर्वाचित भएका हुन् । अध्यक्षमा युवा नेता दिलीप न्यौपाने सर्वसम्मत चुनिएका छन् । अरु ४ उम्मेदवारले बिहीबार मनोनयन फिर्ता लिएका थिए ।
अध्यक्षमा न्यौपानेसहित तेजनारायण अधिकारी, दीपक पौडैल, धनबहादुर नेपाली र हरि त्रिपाठीले उम्मेदवारी दिएका थिए । न्यौपाने महानगर कमिटी पूर्वसचिव हुन् ।
उपाध्यक्षमा उमा परियार, बैनबहादुर गुरुङ, मोहन गुरुङ, राजकुमारी भुजेल र सुस्मिता केसी भट्टराईको उम्मेदवारी परेको छ । जीवनप्रसाद आचार्य र गोकर्ण अधिकारीको उम्मेदवारी सचिवमा परेको छ ।

उपसचिव पदका लागि भने १६ जनाको उम्मेदवारी परेको छ । सिमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुन, वीरेन्द्र भण्डारी, दलबहादुर खत्री, हरिमाया गुरुङ, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुवास ढुंगाना र सीता विकले उपसचिवमा उम्मेदवारी दिएका छन् ।
महानगर कमिटीमा भौगोलिक तर्फबाट सदस्यहरु २५ जना निर्विरोध चयन भएका छन् । चयन हुनेमा वडा नम्बर १ बाट ईश्वरीप्रसाद बाँस्तोला, ३ बाट शशिधर पराजुली, ४बाट इन्द्रकुमारी अधिकारी, ६ बाट विष्णुबहादुर भट्टराई, ७ बाट पुरुषोत्तम रेग्मी, ८ बाट ईश्वरप्रसाद सुवेदी, ९ बाट प्रकाश शर्मा, ११ बाट नारायण प्रसाद बास्तोला, १२ बाट वीरबहादुर थापा, १३बाट कृष्णकुमारी गुरुङ, १५ बाट तोरणबहादुर बानियाँ, १६ बाट जगन्नाथ तिमिल्सिना, १७ बाट चिरञ्जीवी पोखरेल, १९ बाट नवीन भण्डारी, २० बाट मोहनबहादुर केसी, २२ बाट खेमराज बराल, २३ बाट चेतबहादुर क्षेत्री, २४ बाट मनोहरि त्रिपाठी, २५ बाट वेदनाथ पौडेल, २७ बाट गणेशराज धमला, २८ बाट दिनेशबाबु खड्का, २१ बाट प्रमोद कुमार पौडेल, ३० बाट प्रेमराज बसौला, ३२ बाट विष्णुप्रसाद तिवारी र ३३ बाट चन्द्रप्रसाद पौडेल चयन भएका हुन् । भौगोलिक तर्फ ३३ वडाका ४६ जनाको उम्वेदवारी परेको थियो । प्रत्यक वडाका १ जना सदस्य चयन हुने व्यवस्था विधानमा छ ।








ओली संख्या बढाउने दाउमा, पोखरेल पक्ष ‘दुई कार्यकाल’ को अडानमा
समानुपातिकमा १०० दलको आवेदन, बन्दसूची पुस १३ र १४ गते
आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम हुँदै
स्याङ्जाको कोल्मामा पुस ८ गते राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री’ दौड हुँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया