राष्ट्रपती विद्यादेवी भण्डारीले गरिन मुक्तिनाथको दर्शन

राष्ट्रपती भण्डारीले करिव १५ पुजा अर्चनामा खर्चिएको

सुन्दरकुमार थकाली २०७८ कार्तिक १३ गते ११:४४
फोटो क्याप्सन ः राष्ट्रपती बिद्यादेवी भण्डारीले गरिन् मुक्तिनाथको दर्शन । तस्विर ःनिरज थकाली÷रविन सुवेदी

जोमसोम—राष्ट्रपती विद्यादेवी भण्डारी शनिबार बिहान मुस्ताङ आएकी छिन् ।राष्ट्रपती कार्यालयको पूर्व कार्यक्रम तालिका अनुसार राष्ट्रपती भण्डारीसहित राष्ट्रपती कार्यालयका केही कर्मचारी मुक्तिनाथ दर्शनका लागि नेपाली सेनाको हेलिकोप्टरबाट मुक्तिनाथ आईपुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलले जानकारी दिए ।

Advertisement

मुुक्तिनाथ दर्शनका लागि आएकी राष्ट्रपती विद्यादेवी भण्डारीको सुरक्षाका निगरानीमा कडाई गरिएको छ । विहान १० बजेर ३० बजे जाँदा मुक्तिनाथ हेलिप्याडमा अवतरण गरेकी राष्ट्रपती भण्डारीलाई स्थानीय जनप्रतिनिधि,प्रशासन,सुरक्षा « ,कर्मचारी र कर्मचारीहरुले स्वागत गरेका थिए । राष्ट्रपती भण्डारीले बिहान ११ बजेको समयमा मुक्तिनाथ दर्शन तथा पुजा गरेकी छिन् ।

मुक्तिनाथ मन्दिरमा कार्यरत कर्मचारी रविन सुवेदीका अनुसार राष्ट्रपती विद्यादेवी भण्डारीले मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुेवेदीबाट बैद्धिक मन्त्र उच्चारणसहित भगवानको आरती तथा पुर्जा अर्चना लगायतको संम्पूर्ण पुजापाठ सम्पन्न गर्नु भएको छ । राष्ट्रपती भण्डारीले करिव १५ मिनेट पुजा अर्चनामा खर्चिएको उनले बताए ।मुक्तिनाथको पुजा अर्चनापछि राष्ट्रपती भण्डारीले मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टिका र प्रसाद ग्रहण गरेकी छिन् ।सो क्रममा राष्ट्रपती भण्डारीले मुक्तिनाथमा अवस्थित ३५ मिटर अग्लो बौद्ध स्तुफाको समेत अवलोकन गरेकी छिन् ।

राष्ट्रपती बिद्यादेवी भण्डारीले मुक्तिनाथ दर्शन तथा अवलोकन गरी शनिबार बिहान ११ ः ३० बजे अघि बाग्लुङ स्थित ढोरपाटन आरक्षणक्षेत्र तर्फ प्रस्थान गरेकी छिन् । उनले ढोरपाटनमा पैदलै रिफ्रेसमेन्ट गर्नेछिन् ।राष्ट्रपती भण्डारीले ढोरपाटन आरक्षण संम्वन्धि प्रस्तुती कार्यक्रममा सरिक हुने कार्यक्रम छ । त्यसपछि उनले ढोरबराह मन्दिर दर्शन गर्नेछिन् ।राष्ट्रपती भण्डारीले ढोरपाटन आरक्षणक्षेत्रको अवलोकन गर्नेछिन् । बाग्लुङको ढोरपाटन नेपालकै एकमात्र शिकार आरक्षणक्षेत्र हो ।

राष्ट्रपती कार्यालयको भ्रमण तालिका अनुसार राष्ट्रपती भण्डारी आजै दिउसो २ बजे लक्ष्मी निवासी प्रस्थान गर्ने र दिउसो ३ बजे लक्ष्मी निवासबाट राष्ट्रपती कार्यालय प्रस्थान गर्ने कार्यक्रम छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया