रक्षामार्गमा रक्तदान र ज्येष्ठ नागरिक सम्मान
समाधान संवाददाता
२०७८ कार्तिक १४ गते १४:२१

पोखरा
रक्षामार्ग दिदीबहिनी समूहले आइतबार आयोजना गरेको कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ । वार्षिक कार्यक्रम अन्तर्गत समूहले उक्त कार्यक्रम गरेको हो ।
समूहकी अध्यक्ष प्रभा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा टोलका ९ जना ज्येष्ठ नागरिकहरुको सम्मानसमेत गरिएको थियो । टोलका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । ज्येष्ठ नागरिकहरु पवित्रादेवी घिमिरे, बट्टाई गुरुङ, पदमकुमारी थापामगर, चन्द्रबहादुर थापामगर, जंगबहादुर पुन, तेजबहादुर गुरुङ, कलावती लम्साल, यामबहादुर गुरुङ र हरिकला गुरुङलाई माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा १० का वडा सदस्य दीपक थापाले महिला दिदीबहिनीहरु जागरुक भएर रक्तदानमा लागेकोमा धन्यवाद दिए । महिलाहरुका कार्यक्रमलाई वडाबाट पनि सरसहयोग दिने उनको भनाइ थियो ।

सम्बन्धित









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया