मन्त्री दीपक मनाङे साढे २ करोड ऋणमा, मन्त्री बुढासँग शून्य बैंक बचत

पोखरा
प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र भूमि व्यस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले ढिला गरी सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अन्य मन्त्रीहरुले यसअघि नै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।
प्रदेश मन्त्रिपरिषदले बनाएको आचार संहितामा मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने उल्लेख छ । मनाङे जेठ २९ मा मन्त्री भएका थिए । बुढा भने ८ साउनमा मन्त्री भएका हुन् । मनाङ प्रदेश सभा खबाट निर्वाचित मन्त्री मनाङेले असोज १८ गते आप्नो सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएका थिए । तर कार्यालयले मंगलबारमात्रै सार्वजनिक गरेको हो ।
६ करोड १० लाख रुपैयाँ ऋण लिएर ३ करोड ७० लाख रुपैयाँ तिरेको मनाङेको सम्पति विवरणमा उल्लेख छ । विवरण अनुसार मनाङे २ करोड ४० लाख रुपैयाँ ऋणमा देखिएको छ । मनाङे यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा पनि २ पटकसम्म युवा तथा खेलकुद मन्त्री भएका थिए ।
मन्त्री मनाङेले सार्वजनिक गरेको विवरणमा सम्पत्तिको नाममा संघर्ष गाईभैंसी प्रालिमा ४० प्रतिशत हिस्सा, २२ तोला सुन, चाँदी ४५ तोला, मुगाको माला ८३ तोला छ । मुगा र चाँदी प्राप्तिको स्रोत व्यवसाय रहेको उल्लेख गरेका छन् । मनाङेले अर्कैको नाममा जग्गा र आफू ऋणमा रहेको पनि उल्लेख गरेका छन् । अर्कैको नाममा बैनापट्टा गरेको संयुक्त लगानीमा जग्गा र कृषि फार्म रहेको उनको विवरणमा छ ।
मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको संयुक्त नाममा काठमाडौं २९ धर्मस्थलीमा क्रमश कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको खुलाएका छन् । प्रति आना ९ लाखमा जग्गा किनेको उनको विवरणमा छ । २०५४ सालमा १५ तोला र २०७० मा ७ तोला तत्कालीन मूल्यअनुसार खरिद गरी आफूसँग २२ तोला सुन रहेको मनाङेको सम्पत्ति विवरणमा उल्लेख छ । वैदेशिक रोजगारीबाट सुन प्राप्ति गरेको उल्लेख छ । उनको एभरेस्ट बैंक पोखरामा १० लाख ४९ हजार ५ सय ३६ रुपैयाँ मौज्दात रहेको देखाएका छन् । उक्त बैंक बचत सांसद र मन्त्री हुँदा प्राप्त भएको उल्लेख छ ।

भूमि व्यवस्था कृषि सहकारी तथा गरीवी निवारणमन्त्री चन्द्रबहादुर बुढाले पनि सम्पति विवरण सार्वजनिक गरेका छन् । उनको बागलुङ ताराखोला ५ मा पुख्र्यौली संगोलको जग्गा रहेको सार्वजनिक गरेका छन् । जनएकता बहुउद्देश्य सहकारी संस्थामा १० हजार रुपैयाँ रहेको पनि उल्लेख छ । एभरेस्ट बैंकको खातामा पैसा देखिँदैन । सांसद र मन्त्री भए स्वरुपको पारिश्रमिक एभरेस्ट बैंकको खातामा जम्मा हुन्छ । तर मन्त्री बुढाको उक्त बैंक खातामा शून्य मौज्दात रहेको उल्लेख गरेका छन् । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ९ जना मन्त्रीको सम्पत्ति विवरण भदौ ९ गते सार्वजनिक भएको थियो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया